Aamsanchar

एकै वर्षमा ८३३ सम्बन्ध विच्छेदका मुद्दा

Author Image
शुक्रवार, साउन १४, २०७३

 

झापा।

divorce

जिल्ला अदालत झापामा सम्बन्ध विच्छेदका मुद्दा सबैभन्दा धेरै पर्ने गरेको तथ्याङ्क सार्वजानिक भएको छ ।

विभिन्न मुद्दाहरुको प्रकार भएपनि अदालतमा सबैभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्धा पर्ने गरेको झापाका प्रमुख न्यायधिश सुर्दशन पाण्डेले जानकारी दिएका छन् । गत चालु आथिक वर्ष २०७२/७३ मा ८३३ सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएकोमा ६६४ वटा मुद्धा फछ्र्यौट गरिएको अदालतको तथ्याङकमा उल्लेख गरिएको छ । १६९ वटा मुद्धाको छिनोफानो हुन बांकी रहेको अदालतका सूचना अधिकारी माधव अधिकारीले बताएका छन् ।

अघिल्लो आर्थिक बर्ष २०७१/७२ मा ९३८ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका थिए भने ७७४ वटा मुद्दाको फछ्र्यौट गरिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । सम्बन्ध विच्छेदका घटना बढ्नुमा मुख्य कारक तत्व भनेको वैदेशिक रोजगारी नै रहेको प्रमुख न्यायधिश पाण्डेले बताएका छन् उनले भने–बाहिरी परिवेशमा गएको पुरुष वा महिला जो भएपनि आएपछि परिवारमा खट्पट सुरु हुन्छ र त्यसैले अदालत सम्मको रुप लिने गरेको पाइन्छ ।

सम्बन्ध बिच्छेदका घटनाहरु मेलमिलापमा नै आउने गरेकाले त्यसको छिनोफानो गर्न धेरै दिन लाग्ने गरेको स्रेस्तेदार नवराज आर्चायले बताएका छन् । सम्बन्ध विच्छेद पछि अंश पाइन्छ भन्ने गतल सोचका कारण पनि धेरै घरहरु उजाडिन थालेको प्रमुख न्यायधिश पाण्डेको भनाई छ । उनले भने–आफ्नो क्षणिक सोचका कारण उसले समाजमा नकरात्मक असर पारिरहेको छ । सम्बन्ध बिच्छेद नगर्न र सकेसम्म मिलेर बस्न आफुहरुले आग्रह गर्ने गरेका छौं तर अन्तिम अबस्थामा भने हामीले कानुनको पालना गर्नै पर्छ । यसले बालबालिकामा मानसिक रुपमा असर गर्ने गरेको पाइएको न्यायधिशहरुको भनाई छ ।

यसैबिच जिल्ला अदालत झापामा आर्थिक वर्ष २०७१/७२ मा ४ हजार १७ मुद्धा दर्ता भएको थियो भने २ हजार ६४४ वटा मुद्दाको फछ्र्यौट भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । तर गत आर्थिक वर्ष २०७२/७३ मा भने मुद्धाको संख्या घटेको पाइएको छ । गत आर्थिक वर्षमा ३ हजार ७६० वटा मुद्धा दर्ता भएकोमा २ हजार ४१ वटा मुद्धा फछ्र्यौट गरिएको स्रेस्तेदार आर्चायले बताएका छन् । मुद्धाहरु मध्ये सबैभन्दा बढी मुद्धा सम्बन्ध बिच्छेदको मुद्धा रहेको अदालतको तथ्याङ्कले देखाएको छ । सम्बन्ध बिच्छेदका मुद्दाहरु महिलाले नै दायर गर्ने गरेको प्रमुख न्यायधिश पाण्डेले बताएका छन् । उनले भने– अधिकांश मुद्धाहरु महिलाले दायर गर्ने गरेको पाइन्छ महिलालाई सिधै अदालतमा मुद्धा दायर गर्न पाउने अधिकार कानुनले दिएको छ तर पुरुषले भने स्थानीय निकाय मार्फत आउनु पर्ने हुन्छ । त्यसैले सम्बन्ध बिच्छेद गर्न दुवै पक्ष राजी भएपछि महिला मार्फत नै मुद्धा दायर गरेको पाइन्छ ।
प्रमुख न्यायधिश पाण्डेले श्रीमति अर्कैसंग गएको अबस्थामा मात्र केही पुरुषहरुले अदालतमा नै आएर सम्बन्ध बिच्छेदको मुद्धा दायर गर्ने गरेको पाइन्छ । त्यसस्ता मसद्धा अत्यन्त न्यून रहेको उनको भनाई छ । २०६१ सालदेखि नै रणनीतिक योजना बनाएर न्याय सम्पादन गरिरहेको पाण्डेले बताएका छन् । कुनै पनि मुद्धालाई १८ महिनाभन्दा बढी समय नलगाउने र छिटोभन्दा छिटो न्याय दिने आफुहरुको धेय रहेको उनको भनाई छ ।

केही मानिसले रिसीबी साध्नका लागी पनि झुट्टा मुद्धाहरु लगाउने गरेको भन्दै त्यस्ता घटना हाल अत्यन्त न्यून भएको स्रेस्तेदार आर्चायले बताएका छन् ।यसैबिच जिल्ला अदालत झापाले आफ्नो बार्षिक प्रतिवेदन शुक्रबार (आज) सार्वजानिक गर्ने स्रेस्तेदार आर्चायले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर