Aamsanchar

सहमतीय सरकार बन्ने सम्भावना कम

Author Image
शुक्रवार, साउन १४, २०७३

काठमाडौँ। 
affa08d1d84940a60fa15168e9e2541d

राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनको आह्वान गर्नुभएको सातदिने समय आइतबार सकिने भएपछि बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनका लागि सत्ता गठबन्धनबाट सम्भावित उम्मेदवारको खोजीकार्य सुरु भएको छ ।
विपक्षी गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने निश्चित प्रायः भएको अवस्थामा सत्तागठबन्धनले आफ्नो सम्भावित प्रधानमन्त्री उम्मेदवारको खोजी सुरु गरेको हो ।
अहिलेसम्मको सम्भावित उम्मेदवारमा नेकपा (माले) का महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नेमकिपाबाट नारायणमान विजुक्छेको नाम चर्चामा छ ।  त्यस विषयमा औपचारिक निर्णय भइसकेको छैन ।
साउन १६ गते सहमतीय आधारमा प्रधानमन्त्री चयनको कोर्स सकिने भएपछि सोही दिन साँझसम्म राष्ट्रपति भण्डारीले बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनको अर्को आह्वान गर्नुहुनेछ ।  उहाँको आह्वानसहितको चिठी साउन १७ गते बस्ने व्यवस्थापिका संसद् बैठकमा प्रस्तुत गरिनेछ ।  राष्ट्रपतिले निश्चित समयावधि तोकेर संविधानको धारा २९८ को उपधारा (३) बमोजिम बहुमतीय आधारमा प्रधानमन्त्री निर्वाचनको आह्वान गर्नुहुनेछ ।
“उपधारा (२) बमोजिम सहमति कायम हुन नसकेमा व्यवस्थापिका संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतको आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछ”, भनेर उपधारा (३) मा व्यवस्था गरिएको छ ।  सोही धारालाई टेकेर राष्ट्रपतिले सरकार गठनका लागि अर्को आह्वान गर्नुहुनेछ ।
यसअघि दलका नेताहरूले सहमतीय आधारमा प्रधानमन्त्री छनोटका लागि समय अपुग भएमा थप समय राष्ट्रपतिसँग माग गर्ने परम्परा थियो ।  अहिलेको अवस्थामा सहमतिका लागि थप समय माग गर्ने स्थिति देखिँदैन ।  सहमतीय आधारमा प्रधानमन्त्री चयनको समय कट्नेबित्तिकै राष्ट्रपतिको अर्को आह्वान अनुसार बहुमतीय आधारमा सरकार गठन हुनेछ ।  त्यसका लागि प्रतिपक्षी गठबन्धनले आन्तरिक तयारी गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर