झापा ।
बलिउड अभिनेतृ सन्नी लियोनीको चर्चा भारतीय सिनेनगरीमा बेला बेलामा चर्कै हुने गरेको पाइन्छ । आफूलाई पोर्न स्टारका रुपमा स्थापित गरेकी लियोनीका विषयमा भिन्न भिन्न विचार र धारणाहरु पनि बन्ने गरेका पाइन्छ ।
त्यस्तो त सिने क्षेत्रमा लागेका कलाकारहरु चर्चाबाट नसेलाउन हरसम्भव प्रयास गरिरहेका देखिन्छन पनि । त्यसैमध्येमा लियोनी पनि एक हुन् । पोर्न कै कारण अक्सर चर्चा र विवादको घेरामा रहिरहने सन्नीले पछिल्लो पटक पुन आफ्नो चर्चालाई आफैले चुलाउने प्रयास गरेकी छिन् । उनले आफू पोर्न स्टार भएपनि निलो फिल्म ९ब्लु फिल्म ० भने पहिलो पटक १९ वर्षको उमेरमा मात्र हरेको बताएकी छिन् ।
अहिले उनको यही अभिब्यक्तिले पुन भारतीय सिने नगरी तात्न थालेको छ । उनका अनुसार १९ वर्षको उमेरमा डीभीडी घरमा लगेको र त्यसको केही दिनपछि मात्र साथीसँग बसेर पोर्न फिल्म हेरेकि थिइन् । उनले पोर्न फिल्म खेल्न थालेपछि मात्र नाम परिवर्तन गरी सन्नी लियोनी राखेको बताइन् ।
पोर्न फिल्म खेल्नु अघि आफ्नो नाम करनजित भएको बताउने सन्नी स्कुले जीवनमा भने लजाजु र बोल्न नसक्ने स्वभावकी रहेको दाबी समेत गरिन् । लियोनीको जीवन कथामा फिल्म बनाउने तयारी भइरहेका बेला सोही फिल्मका लागि जीवनकथा सुनाउने क्रममा उनले यस्ता अभिव्यक्तिहरु सार्वजनिक गरेकी हुन् । उनको जीवन कथालाई आधार बनाएर निर्देशक अभिषेक बर्माले फिल्म उतार्ने बताइसकेका छन् । एजेन्सीको सहयोगमा