मोरङ।

मोरङको विराटनगर स्थित जोगवनीनाकाबाट शनिबार प्रहरीले लागुऔषध सहित एकजनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा धरान–१६ बस्ने १७ बर्षिय पर्वत तामाङ रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले भारतीय बजार जोगवनीबाट नेपाल पैदल आउदै गर्दा उनलाई अपरान्ह १ बजे पक्राउ गरेको हो ।


प्रहरीले उनको साथबाट तिघ्रामा सेतो टेपले बाधी ल्याएको अवस्थामा १० थान डाइजोपाम, १० थान एभिल, र १० थान लुपिजेसिक बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका तामाङलाई सिमा प्रहरी चौकी रानीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Views: 163

