Aamsanchar

उपचारका लागि आर्थिक सहयोग

Author Image
आइतवार, साउन १६, २०७३

सुरुङ्गा (झापा) ।c662c34c9a83fcf03eaf5d890e5b5abb

झापाको जलथल–१ निवासी दुर्गा खवासको मुटुमा समस्या देखिएपछि उनको उपचार गर्न झापाली समाज इजरायलले आर्थिक सहयोग गरेको छ । इजरायलमा रोजगारीको सिलसिलामा रहेका झापालीले रु एक लाख ८८ हजार ८०० आर्थिक सहयोग गरेका हुन् ।

प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको सभापतित्वमा हिजो यहाँ भएको कार्यक्रममा शिक्षासेवी जयनारायण ढुङ्गाना र शिवप्रसाद आचार्यले उक्त सहयोग रकम संयुक्त रुपमा खवास परिवारका रोहित खवासलाई हस्तान्तरण गर्नुभएको थियो ।

मुटुको रोगबाट पीडित बनेकी २५ वर्षीया दुर्गाको मुटुको भल्वमा समस्या रहेको र हाल मनमोहन शिक्षण अस्पताल काठमाडौँमा उपचार भइरहेको बताइएको छ । उनको उपचारका लागि रु १५ लाख खर्च लाग्ने जनाइएको छ । उनको यसैसाता मुटुको शल्यक्रिया गरिने जनाइएको छ ।

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर