Aamsanchar

श्रीमती हत्याको अभियोगमा श्रीमान् र सासू पक्राउ

Author Image
आइतवार, साउन १६, २०७३

पर्सा।

download

श्रीमती हत्याको अभियोगमा पर्सा प्रहरीले श्रीमान् र सासूलाई पक्राउ गरेको छ । पर्साको भेडियाही–९ गदियानी टोल निवासी रमावती देवीको हत्याको अभियोगमा उनका श्रीमान् परमा मण्डल र सासू गदनीदेवी मण्डललाई पक्राउ गरेको हो ।

बीस वर्षीया श्रीमती रमावती देवीको शव घर नजिकै रहेको नागेश्वर साह तेलीको खेतमा गाडेको अवस्थामा शुक्रबार साँझ बरामद भएपछि श्रीमान् मण्डल र सासू गदनी देवीलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयो ।

रमावती देवीको हत्या गरी ससुराली पक्ष फरार भएको प्रहरीलाई सूचना प्राप्त भएपछि प्राप्त सूचनाका आधारमा तेलीको खेतमा गाडिएको शव खनी बरामद गरेपछि भारतीय गाउँ सेनवरीमा लुकी बसेका श्रीमान् र सासूलाई स्थानीयवासीको सहयोगमा शुक्रबार पक्राउ गरी ल्याइएको डिएसपी बोगटीले बताउनुभयो ।

रमावती देवीको शव वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा परीक्षण गराइएको प्रहरीले बताएको छ ।

रमावती देवीलाई विष सेवन गराई हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । पक्राउ परेको श्रीमान् र सासूलाई इलाका प्रहरी कार्यालय पोखरियामा राखी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)