Aamsanchar

जनताले दुखपाए दुखमा साथ दिनु पर्यो

Author Image
आइतवार, साउन १६, २०७३

binod

केहीदिन अघी अविरल बर्षाका कारण डुवानमा परेको झापा क्षेत्र नं.३ भैसाबाडी,पाठामारी, केचना,घेराबारी, बालुबारी लगायतको क्षेत्रमा तटबन्धन र कृषि राहात उपलब्ध गराई पाउ भनी झापा जिल्ला प्रमुख अधिकारी मदन भुजेललाई राप्रपा नेपालले ज्ञापन पत्र बुझाएको छ ।

राप्रपा नेपाल केन्द्रिय महामन्त्री राजेन्द्र लिङदेन, क्षेत्र नंं ३ का अध्यक्ष देवेन्द्र कन्दंवा, जिल्ला उपाध्यक्ष कमल खरेल, जिल्ला सचिव केशव ओझा लगायत बाढी प्रभावित क्षेत्रका सर्वसाधारण गरी ७० जनाको टोलीले प्रजिअलाई ज्ञापन पत्र बुझाएको हो । राप्रपा नेपालले जिल्ला विकास समिति, कृषि विकास कार्यलय, जिल्ला वन कार्यालय, जल उत्पन्न प्रकोप नियन्त्रण, झापा, सडक डिभिजन कार्यालयमा पनी ज्ञापन पत्रको वोधार्थ बुझाएको थियो । तस्वीर विनोद पाण्डे÷आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर