Aamsanchar

बाढी, पहिरो र डुबानबाट ४३ जिल्लामा १०२ को मृत्यु

Author Image
सोमवार, साउन १७, २०७३

काठमाडौँ ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री भीमबहादुर रावलले यही साउन १० गते यताको वर्षाका कारण बाढी, पहिरो र डुबानबाट मुलुकका ४३ जिल्लामा १०२ जनाको मृत्यु जानकारी दिनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा उहाँले बाढी, पहिरो र डुबानका कारण २२ जना बेपत्ता र ५८ घाइते भएको समेत जानकारी दिनुभयो । रक्षामन्त्री समेत रहनुभएका उपप्रधानमन्त्री रावलले तत्काल उद्धार, खोज, उद्धार र राहतका लागि विभिन्न मन्त्रालय, सम्बन्धित सुरक्षा निकाय, जिल्लास्थित प्रशासनिक कार्यालय परिचालन भएको बताउँदै रकम अभाव भएमा वा कुनै समस्या भएमा तत्काल खबर गर्न निर्देशन दिइएको बताउनुभयो ।

उहाँले केन्द्रीय दैवीप्रकोप उद्धार समितिको साउन १३ गतेको बैठकबाट खाद्यान्न, लत्ता कपडा, भाँडाकुँडा, औषधि लगायत सामग्री तत्काल पु¥याउन निर्देशन दिइएको र मन्त्रिपरिषद्को बैठकबाट थप रु ७५ करोड शोधभर्नाका लागि निकासा गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले प्युठान, बागलुङ र बाँके अति प्रभावित भएको बताउँदै सम्भावित जोखिम भएका अन्य ठाउँमा थप सचेतना अपनाइएको छ भन्नुभयो ।

महामारी फैलन नदिन स्वास्थ्य मन्त्रालयले सचेतना अपनाएको, नगद निकासाका लागि गाविस सचिवलाई जिम्मा दिइएको, राहत सामग्री हवाई र स्थलमार्गबाट पु¥याइएको र राप्ती नदी प्रभावितलाई उद्धार गरिएको जानकारी उहाँले दिनुभयो ।

बैठकमा सांसद्ले राखेको जिज्ञासामा उहाँले सप्तरी जिल्लाको तिलाठीमा नेपाल भारत सीमा क्षेत्रमा भारतीय बाँध भत्कँदा दुवैतर्फका जनता भेला भएको र तिलाठीका जनताले सीमा क्षेत्र निक्र्याेल गरेर मात्र बाँध बनाउन दबाब दिँदा अप्रिय घटना हुन नदिन गृह मन्त्रालयले तत्काल कुनै बाँध नबनाउन निर्देशन दिइएको बताउनुभयो ।

द्विपक्षीय झडपका क्रममा देवनारायण यादव सहितको निःशुःल्क उपचारका लागि निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो । कोसी ब्यारेज आतकङ्ककारीको निसानामा छ भन्ने हल्लाको बारेमा जवाफ दिँदै उहाँले सरकार आफ्ना सम्पत्ति सुरक्षित गर्न सक्षम रहेको दृढता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर