

झापा ।

झापाको बुधबारेस्थित मामाघरमा आएकी ११ वर्षीया बालिका तनुजा कोइरालाको बलात्कारपछि घाँटी रेटी हत्या गरेर भागेका व्यक्तिलाई प्रहरीले भारतबाट पक्राउ गरेको छ । फरार रहेका राजकुमार राजवंशीलाई प्रहरीले भारतको उत्तर प्रदेशस्थित नन्दिपुरबाट पक्राउ गरेको हो ।

भारतीय प्रहरीको सहयोगमा एक विशेष टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ ।


झापाको बुधबारेस्थित मामाघरमा आएकी कोइरालाको दुई साता अघि हत्या भएको थियो ।
बुधबारे ५ का डिल्लीराम प्रसाईंको घरमा श्रमिकका रुपमा बसेका राजवंशीले तनुजाको बलात्कारपछि घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।
Views: 164

