सुनसरी।

सुनसरीको इटहरी-१२ खनार स्थीत कोशी नहरमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।

उदयपुर घर भई हाल इटहरी-१२ स्थीत खनारमा डेरा गरी बस्ने १८ बर्षिय मनोज राई उक्त नहरमा नुहाउने क्रममा मंगलबार ५ बजे बेपत्ता भएपछी स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटना स्थलमा प्रहरी चौकी खनारबाट खटिएको प्रहरीको टोली र स्थानीय मानिसको सहयोगमा राती ८ बजे अन्दाजी १०० मिटर पर उनको शव भेटिएको प्रहरीले जनाएको छ ।


Views: 171

