Aamsanchar

अलैंचीमा नक्कली धन्दा बन्द गर

Author Image
बुधवार, साउन १९, २०७३

alaichiiiiनगदे बालीकारुपमा परिचित कालो सुन भनेर पनि जानिने अलैंची खेतीले पूर्वी पहाडी जिल्लाका कृषकहरुको जीवनस्तर उठाएको छ । अलैंचीकै व्यापार गरेर यस क्षेत्रका व्यापारीहरु उद्योगीसमेत भएका छन् र यसको उत्पादन, व्यापार तथा उद्योगले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिएको छ । खेती र व्यापारको माध्यमबाट राष्ट्रकै आर्थिक उन्नतिमा महत्वपूर्ण योग पुर्‍याउन सक्ने अलैंचीमा उस्तै लाग्ने नक्कली अलंैची मिसावट गरेर बढ्दो निर्यातलाई रोक्न वा बढी लाभ लिन गरिने अवैध कार्यले अन्तत: सबैलाई हानी पुर्‍याउाछ ।
नेपाल अलैंची व्यवसायी महासंघ तथा जिल्ला संघहरुको भेलाले अहिले अलैंचीमा दुई नम्बरी काम हुन थालेकोमा चिन्ता व्यक्त गर्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी दिएका छन् । महासंघका पदाधिकारीहरुले खासगरी एसिया महादेशमा भइरहेको खाद्यवस्तुको मिसावटको रोग अलैंचीमा समेत सरेको प्रति चिन्ता प्रकट गर्दै नेपाली अलैंचीको गुणस्तरीय चिनारी मेटाउने षड्यन्त्र भएको आशंका समेत गरेका छन् ।
हामी कहाा नगदेवादीका रुपमा विकास भएको सनपाट खेती बन्द नै भइसक्यो । अर्को नगदेबाली चिया खेती पनि विस्थापनको जोखिममा रहेको छ । यहिबेला खासगरी पहाडी क्षेत्रमा हुादै आएको अलैंची खेतीले विदेश निर्यातबाट मनग्ये आम्दानी दिइरहेको छ । कृषि प्रधानबाट ‘वैदेशिक रोजगारी प्रधान’ देशमा परिणत हुन लागेको नेपालको परिचय अब सनपाट वा चिया उत्पादन राष्ट्र थियो भन्न संग्रहालयमा अभिलेखहरु पढेर थाहा पाइने भइसकेको छ । यस्तो परिवेशका बीच अन्तर्राष्ट्रिय बजारमा प्रतिष्ठा कमाएको अलैंचीमा भएको मिसावटको ‘रोग’ बाट नेपाली अचैंचीको साख मात्र होइन, नेपाली कै परिचय समेत हराउने डर भएको छ ।
नेपाली अलैंचीमा अलैंची जस्तै देखिने वस्तु मिसाइनुले क्षणिक लाभ त देला तर त्यसको दीर्घकालिन असर व्यक्ति हुादै सिंगै मुलुकलाई पर्छ । नेपाली अलैंचीलाई अन्तर्राष्ट्रिय ट्ेरडमार्क प्राप्त गरी विश्व बजारमा पुर्‍याउने प्रक्रिया चलिरहेका बेला भारतीय सञ्चारमाध्यमहरुले प्रकाशन गरेका ‘नक्कली अलंैची’ को प्रसंग नेपाली अलैंची कृषक र व्यवसायीका लागि दुखद् हुनुपर्छ । त्यस्ता समाचारले तनाव तथा दीर्घकालीन प्रभाव पार्नेतर्फ समयमै सजगता अपनाउन जरुरी छ । व्यक्ति, संस्था वा कुनै व्यापारिक प्रतिष्ठानहरुबाट यस्तो अवैध कार्य भइरहको छ कि निगरानी बढाउन विलम्व गर्नु हुादैन । नत्र रहे बचेको अलैंची व्यापार पनि चिया जस्तै इतिहासको पानामा बन्द हुनसक्छ । (पूर्वाञ्चलको सम्पादकीयबाट)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 178

प्रतिक्रिया (०)