Aamsanchar

झापामा मरेको मानिससंग बिहे……

Author Image
बुधवार, साउन १९, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी ।

झापाको शिवसताक्ष–७ की कल्पना चौधरीले आफ्नो लोग्ने हरिदेव चौधरीको शवसाग सिन्दुर पोते गर्नुपरेको छ ।
हरिदेव चौधरी २५ वर्षअघि आफ्नो अधबैंशे उमेरमा रोजगारीका सिलसिलामा भारतको नागालैण्ड अन्तर्गत सिलोङ्गमा पुगेका थिए । त्यहाा कल्पना पनि काम गर्ने भएकाले उनीहरुबीच चिनजान हुादै एकअर्काबीच माया साटासाट भएपछि सागै बााच्ने सागै मर्ने कसम खाई सिलोङ्गमा नै सिन्दुर पोते गरेका थिए ।
तर, चौधरी (थारु) जातिको संस्कार अनुसार औपचारिक रुपमा समाज र परिवारका अगाडि विवाह बन्धनमा नबााधिई मृत्युपछिका संस्कार गर्न नमिल्ने भएकोले कल्पनाले आफ्नो श्रीमानको शवसाग सिन्दुर पोते लगाएकी थिइन् । कल्पना भावविव्हल हुादैं भन्छिन्– घर परिवारलाई साक्षी नराखी विवाह गरेकाले सिन्दुर पोतेको कुनै मान्यता भएन । श्रीमानको मृत्यु पश्चात घरपरिवारले फेरि हाम्रो विवाह संस्कार पूरा गरिदिए ।’
चौधरी दम्पतीका ३ सन्तान छन् । दुई छोरा राजु र ऋषि बैदेशिक रोजगारीमा सिलसिलामा दुवईमा रहेका छन् भने कान्छो छोरा रोहित र श्रीमती कल्पनामात्र काजकिरियामा बसेका छन् । हरिदेव चौधरीको गत साउन १५ गते ज्वरोका कारण मृत्यु भएको थियो । उनी विगतदेखि नै प्यारालाइसिस रोगसागै लड्दै आफ्नो जीवन निर्वाह गर्नका लागि रिक्सा भ्यान चलाउादै आएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर