Aamsanchar

भद्रपुर भन्सारमा अवैध धन्दा, मिलेमतोमा तस्करी

Author Image
बुधवार, साउन १९, २०७३

vansar

भद्रपुर ।
भन्सार कर्मचारीले भन्सार विभागको ऐन तथा नियमवली मिच्दै व्यक्तिगत कानून बनाएर राजश्व संकलनमा खुलेआम अनियमितता गर्ने गरेको खुलासा भएको छ ।
मेची भन्सार कार्यालय कााकरभिट्टा मातहत पर्ने नेपालको दोस्रो छोटी भन्सारको रुपमा परिचित झापाको भद्रपुरस्थित छोटी भन्सार कार्यालयका कर्मचारीले व्यापारी तथा कारोबारीसागको आपसी वार्गेनिङमा अनियमितता गर्दा भन्सारभित्रै तस्करी धन्धा मौलाएपछि अवैध कारोबार ह्वात्तै बढेको छ । अवैध कारोबार बढे पनि कर्मचारीले मासिक राजश्व संकलनको लक्ष्य पूरा गरी आफ्नो बचाउ गर्दै आएको भन्सारको राजश्व तथ्यांकले समेत पुष्टि गर्दछ । यसतर्फ न त मेची भन्सारले चासो देखाएको छ न त प्रहरी प्रशासनले नै ।
भन्सार विभागले प्रत्येक आर्थिक बर्षमा नेपालमा आयात हुने केही सरसामानको भन्सार महशुल दर वृद्धि गरे पनि भन्सार कर्मचारीले व्यापारीसाग पोकाको संख्यामा राजश्व काट्ने सहमति भएपछि दुई महिना यता राजश्वमा गिरावट आउन थालेको छ ।
मेची भन्सारले भद्रपुर छोटीमा मासिक रुपमा खटाउादै आएको अधिकृत र सुब्बाको आ–आफ्नै नियम लागू गर्ने गरेको समेत पाइएको छ । जसले गर्दा भन्सारका कर्मचारीहरुले भन्सार विभागको निर्देशिका र नियमपालन नगरेको पूर्वाञ्चलकर्मीले स्थलगत रिपोर्टिङ गर्दा फेला परेको छ । जसको भिडियो क्लीप सुरक्षित छ । भन्सारमा अधिकृत भए पनि सुब्वाको निर्देशनमा छोटी भन्सार कार्यालयमा यस्तो धन्दा चल्दै आएको एक कारोबारी बताउाछन् ।
एक सुब्वा तीन महिनासम्म छोटीमा लगातार बसेपछि आउने अधिकृतको कुनै आवश्यकता देखिादैन– उनले बताए । नजिकिादै गएको चाडपर्वलाई मध्यनजर गर्दै कारोबारीहरुले भारतको गलगलिया नाकाबाट भद्रपुर हुादै एक दिनमा मात्र एक करोडभन्दा बढीको सरसामान ओसारपसार गर्ने गरेका छन् । छोटी भन्सारभित्रै तस्करी धन्धा मौलाएपछि अहिले कााकरभिट्टा नाकाबाट भित्रिने सरसमान पनि यतै आउन थालेको छ ।
भन्सार कर्मचारी व्यापारीसाग वार्गेनिङमा मिलेपछि सामान परिणाम अनुसारको राजश्व नतिराउने, सरसामान एकै स्थानमा राखेर हेर्ने, भन्सार परिसरमा तीनदेखि चार पोकालाई खुलेआम रुपमा एक पोका बनाउने, बनाएको पोकामा न्यूनतमदेखि अधिकतम मूल्यसम्मका कपडा राख्ने, तोकिएको मूल्याकंन भन्दा फरक मूल्यांकन गरी सामानको प्रज्ञापनपत्र भर्ने जस्ता गैरक्रियाकलापलाई प्रोत्साहन दिइरहेको छ ।
सामानको गुणस्तर हेरेर न्यूनतम् एउटा पोकाको राजश्व तिर्दा ८ हजारदेखि २० हजारसम्म तिर्नु पर्ने अवस्थामा आफूले तीन ओटा पोकालाई एउटा बनाएर ३ देखि ४ हजारसम्ममा सामान काट्दै आएको एक कारोवारीले बताए । सो वापत भन्सार कर्मचारीलाई कारोबारी र व्यापारीले प्रति पोका १५ सय रुपैयाा दिने गरेका छन् । भारतवाट ठूला पोका ल्याउन भारतीय सीमा सुरक्षा बल (एसएसवी)ले नदिएपछि उनीहरु भन्सारभित्रै पोका बनाउन थालेको देखिन्छ ।
सवैभन्दा कम मूल्यांकन एक पोका लत्ताकपडाको ८ हजार भन्दा कम राजश्व नहुने तर तीन ओटा पोका मिलाएर एक पोकाको भन्सार तिरेपछि बााकी दुई पोका बिना भन्सार सामान छुट्ने भएकोले केही महिनादेखि छोटी भन्सारमा कारोबारी तथा व्यापारीको भीड लाग्न थालेको उनले बताए ।
यता भन्सार छलेर एक पोका सामान नेपाल छिराउन लाइनमेनलाई तीन हजार दिनुपर्ने हुन्छ, सामानको ‘रिक्स’ पनि हुन्छ, तर लाइनमेनलाई दिनेभन्दा त्यही रकममै भन्सारबाटै छाती फुलाएर काम गर्दै गरेको एक लाइमेनले बताए ।
भन्सारभित्रको यस्तो अवैध धन्धा बिषयमा पूर्वाञ्चलकर्मीले मेची भन्सार कार्यालय कााकरभिट्टाका भन्सार प्रमुख भीमप्रसाद अधिकारीसंग जिज्ञासा राख्दा– उनले छोटी भन्सारलाई प्रत्यक्ष निगरानीका लागि मेची भन्सारले मासिक रुपमा अधिकृत पठाउने गरेकोले सवै जिम्मेबारी अधिकृतको हुने भनेर पन्छिए । उनले भने– तीन पोकालाई मिलाएर एक पोका बनाएको प्रमाण फेला परेमा कर्मचारीलाई कारवाही गरिनेछ । छोटी भन्सारका अधिकृत दीपेन्द्र झाले कर्मचारी र व्यापारीबीच कुनै सम्झौता नभएको दावी गरेका छन् । भन्सार परिसरमा पोका मिलाउने काम सत्य नभएको झाले दावी गरे पनि पूर्वाञ्चलकर्मीले खिचेको भिडियो क्लीपमा प्रष्ट देखिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर