Aamsanchar

पर्यटकको मन लोभ्याउदै जामुनखाडी सीमसार

Author Image
बिहिवार, साउन २०, २०७३

jamunkhadi
झापा जिल्लाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्र पूर्वकै सुप्रसिद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको छ । जामुनाबारी सामुदायिक वन उपभोक्ता समूहको वनक्षेत्र भित्र रहेको सिमसार क्षेत्र आन्तरिक र बाह्य पर्यटन प्रबद्र्धनका लागि अति नै महत्वपूर्ण छ । जामुनाबारी वन क्षेत्रभित्र रहेका पुराना दुई वटा साना तलैयालाई संरक्षण गरी सिमसार क्षेत्रको रुपमा विकास गर्न, यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा प्रवद्र्धन गरी आयआर्जनको माध्यम बनाउन यहााका स्थानीय जागरुक उपभोक्ताको ठूलो हात छ ।
कनकाई नगरबासीका लागि यो जामुनखाडी सिमसारले विशेष महत्व बोकेको छ । यसमा प्राकृतिक चिडिया घर, वनभोजस्थल, बालउद्यान, सांस्कृतिक कार्यक्रम गर्ने हल, मृगस्थली अवलोकन, झोलुङ्गे पुल, घोडचढी लगायतका आकर्षणहरु छन् । दीर्घकालीन सोच राखेर योजना बनाउने र समुदायलाई सोही योजना अनुरुप डोर्‍याउने यस वन समूहका उपभोक्ता तथा वनसमितिका पदाधिकारी तथा सदस्यको चिन्तनकै कारणबाट आजको परिवर्तन सम्भव भएको स्थानीय बुद्धिजीवी चेतन रिजालको भनाइ छ । समाज परिवर्तनका लागि परम्परागत प्रविधि र प्रवृत्तिको संरक्षण गर्दै जनताले आफैं गरिरहेको व्यवहारमा प्रोत्साहित गरी वैज्ञानिक उपायहरूको समेत अवलम्बन गर्न सकियो भने नेपालको सिमसार क्षेत्र संरक्षण विश्वकै लागि नमुना बन्न सक्ने उदाहरण यो वन समूहले देखाएको छ ।

timthumb
नेपालको राष्ट्रिय सिमसार नीति २०५९ अनुसार जमेको, बगेको वा धापिलो जमिनलाई सिमसार भन्ने गरिएको छ । नेपालमा रहेका ५ हजार ३ सय ५८ वटा ताललाई सिमसारको रुपमा राखेर संरक्षण गर्ने अभियान सञ्चालन गरिने मन्त्रालयले कार्ययोजनामा राखेको पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जनाएको छ । नेपालमा दुई हजार ३ सय २३ वटा हिमताल, पााच हजार वटा जलाधार, एक हजार ३ सय ८० वटा पोखरी र पााच हजार १ सय ८३ वटा तलैया रहेका छन् । सिमसार क्षेत्रमा घुमन्ते चरा, माछा, उभयचर, कीटपतङग रहने गरेका छन् । सन् १९८७ मा नेपाल रामसार सन्धीमा प्रवेश गरेको र सो समयदेखि नेपालले तालतलैया तथा पोखरीलाई सिमसारको रुपमा राखेको छ ।
२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको नाममा नेपाल सरकारद्वारा स्थापित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार वन संरक्षणको क्षेत्रमा दिइने नेपालको प्रतिष्ठित पुरस्कार हो । सो पुरस्कारबाट जामुनाबारी सामुदायिक वन उपभोक्ता समूह पुरस्कृत भएको छ । वन तथा भू–संरक्षण मन्त्रालय वन विभागले आर्थिक वर्ष २०७२/०७३ को गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट चार वटा वन समूहलाई पुरस्कृत गरेको छ । एक लाख राशीको प्रथम पुरस्कार अमलावास लेक सल्लेरी सामुदायिक वन उपभोक्ता समूह छहरा–५ पाल्पा, ७५ हजार राशीको द्वितीय पुरस्कार जनहित महाकाली सामुदायिक वन उपभोक्ता समूह, कृष्णपुर–२ वाणी, कञ्चनपुर र ५० हजार राशीको तृतीय पुरस्कार दुई सामुदायिक वन समूह जामुनाबारी सामुदायिक वन उपभोक्ता समूह कनकाई नगरपालिका झापा र सुन्दर सामुदायिक वन उपभोक्ता समूह हेटौडा मकवानपुरलाई दामासाहीमा प्रदान गरिएको थियो । काठमाडौं बबरमहलस्थित जिल्ला विकास समितिको सभाहलमा आयोजित विशेष समारोहमा गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार छनौट तथा मूल्याङ्कन समितिका वन विज्ञ कन्हैयाराज श्रेष्ठले छनौटका आधार प्रस्तुत गर्दै पुरस्कृत समूहका नाम घोषणा गरेका थिए । जामुनाबारी समूहले प्राप्त गरेको नगद पुरस्कार र ताम्रपत्र माननीय वन तथा भू–संरक्षण मन्त्री अग्निप्रसाद सापकोटाका हातबाट वन समूहका अध्यक्ष पर्शुराम गिरीले ग्रहण गरेका थिए ।

phpThumb_generated_thumbnailjpg (1)


वन विभागका महानिर्देशक गौरीशंकर तिमिलाको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका महासचिव भारती पाठक, निजी वन सरोकारवाला महासंघका उपाध्यक्ष पदम न्यौपाने, नेपाल वन प्राविधिक संघका अध्यक्ष शेखरकुमार यादव लगायतले मन्तव्य राखेका थिए ।
मुलुकभरमा १९ हजार ९ सय ६० सामुदायिक वन छन् । मुलुकभर मै जामुनाबारी वन समूह तृतीय भएको हो । यसबाट उक्त वन समूह र यस अन्तर्गतको जामुनखाडी सिमसार क्षेत्रको पहिचान गाउा, नगर, जिल्ला र विकास क्षेत्र हुादै राष्ट्रिय स्तरमा पुगेको प्रष्ट हुन्छ । वन संरक्षण, सम्बद्र्धन, वन सम्पदाको दीगो उपयोग, वातावरण सन्तुलन लगायतका क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको र उक्त पुरस्कार प्राप्त गर्न सफल भएकोमा वन समूहमा आबद्ध समस्त उपभोक्ता र पदाधिकारीलाई वन संरक्षण र सम्बद्र्धनमा अझ सशक्त रुपमा क्रियाशील हुन हौसला मिलेको सो वन समूहका उपाध्यक्ष गम्भिरबहादुर राईले बताए ।

प्रस्तुति : तीर्थराज खरेल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर