Aamsanchar

‘उद्योग वाणिज्य महासंघमा मनोमानी’

Author Image
बिहिवार, साउन २०, २०७३

बिर्तामोड ।
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वले मनोमानी ढंगले विधान संशोधन गर्न लागेको भन्दै पूर्व अध्यक्ष लगायतका पदाधिकारीले विरोध जनाएका छन् ।
महासंघको नेतृत्वले वरिष्ठ उपाध्यक्षलाई अध्यक्षमा मनोनयन गर्ने गरी विधान संशोधन गर्न लागिएको भन्दै महासंघका पूर्व अध्यक्ष विनोद श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले उक्त कार्यको विरोध जनाएका हुन् ।
झापा उद्योग वाणिज्य संघ बिर्तामोडको सभाहलमा भएको कार्यक्रममा बोल्दै महासंघका पूर्व अध्यक्ष श्रेष्ठले वर्तमान नेतृत्वले मनोमानी रुपमा विधान संशोधन गर्न लागीपरेको छ, यो आफैंमा सरासर गलत हो भने ।
महासंघको गरिमालाई चलायमान बनाउादै महासंघका पूर्व पदाधिकारीले खेलेको भूमिका अनुकरणीय छ– उनले भने– पूर्व पदाधिकारीको राय बिना गरिएको काम कुनै हालतमा सफल हुादैन ।
ताप्लेजुुङपछि पााचथर हुादै झापाका उद्योगी व्यवसायीसाग राय सुझावका लागि आएका पूर्व अध्यक्ष श्रेष्ठ र वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले व्यवसायीको हितका लागि खोलिएको संस्था मनोमानी रुपले सञ्चालन गर्दा समग्र उद्योगी, व्यवसायीलाई नै असर पर्ने बताए ।
कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष राजकर्णिकारले तानाशाही रुपमा वर्तमान नेतृत्व अघि बढेको आरोप लगाउादै उद्योगी व्यवसायीको हितमा कुनै काम नभएकाले पूर्वका व्यवसायीसाग राय संकलनका लागि आएको बताए । झापा उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष बलराम कार्कीले सञ्चालन गरेको कार्यक्रममा व्यवसायी राजेन्द्र घिमिरे, दिनेश मित्तल लगायतले राय दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर