Aamsanchar

कनकाई माईमा शव फेला

Author Image
बिहिवार, साउन २०, २०७३

शिवसताक्षी ।

झापाको शिवसताक्षी–३ टोपलाल बस्तीस्थित कनकाई नदीमा एक व्यक्ति मृत फेला परेका छन् ।
मंगोलियन मुलको जस्तो देखिने रातो, हरियो, पहेंलो मिसिएको धर्के सर्ट र निलो जिन्स पेन्ट लगाएको तथा कालो र सेतो रंग कपाल भएको अन्दाजी ४०–४५ वर्ष उमेरकोे पुरुष मानिस कनकाई नदीमा तैरिरहेको अवस्थामा फेला परेको इप्रका झिलझिलेले बताएको हो ।
छिटोमा ५ दिनअघि नै कनकाई नदीमा डुबेर मरेको हुनसक्ने तथा वेवारिसे शव भएकाले कुन प्रकृतिले मृत्यु भयो पोस्टमार्टमका आधारमा मात्र बताउन सकिने इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ ।
स्थानीय रमेश ढकालल भने– कनकाई नदीले कटान गरेकाले रोकथाकका कामहरु बेलुकासम्म यही काम गरेका थियौ,ं केही थिएन, बिहान अन्दाजी ५ बजेतिर नदीमा अनौठो प्रकारको चीज पौडिरहेको देखेपछि हल्ला गरे । हेर्दा शव रहेछ त्यसपछि प्रहरीलाई खबर ग¥यौं । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर