

सुर्खेत ।

हुम्लाको सिमिकोटबाट सुर्खेतका लागि उडेको मकालु एयरलाईन्सको सिंगल इन्जिन विमानको इन्जिन फेल भएपछि पाइलटले विमानलाई फोर्स ल्यान्डिङ गराएका छन् । नागरिक उड्यन प्रधिकरण स्रोतका अनुसार अपरान्ह ३ बजेर ४० मिनेटमा उडेको केही मिनेटमै विमानको इन्जिन फेल भएको हो ।

विमानमा यात्रु थिएनन् । दुई जना पाइलटले सिमिकोट उपत्यका भित्रैको स्थानीय हिल्दुम खोलमा ‘फोर्स ल्यान्डिङ’ गराएको स्रोतले जनाएको छ । दुईजनै पाइलट सुरक्षित छन् । ९ एन एकेसी कल साइन भएको उक्त विमान साँगे लामाले विमान उडाएका थिए । नेपालगन्ज विमानस्थलका प्रमुख प्रतापबाबु तिवारीले दुई जनै पाइलटको हेलिकप्टरबाट उद्दार गरिएको जाकारी दिए । उद्धारका लागि सिमिकिोटमै रहेको हेलिकप्टर खटाइएको थियो ।

Views: 209

