Aamsanchar

अकस्मात शिवालय भत्कियो

Author Image
शुक्रवार, साउन २१, २०७३

काठमाडौँ । 

54889165

थापाथलीस्थित गोरखनाथ मन्दिरसँगैको शिवालय बिहीबार अकस्मात भत्किएको छ ।  भूकम्पका कारण क्षति भएको शिवालयलाई टेकोले अड्याइएको थियो ।

बिहीबार दिउँसो परेको पानीका कारण साँझ छ बजे मन्दिर भत्किएको वि.सं. २०५८ सालदेखि मन्दिरमा पूजाआजा गर्दै आउनुभएका महन्त नारायणनाथ योगीले बताउनुभयो ।  यद्यपि मन्दिर भत्कँदा कुनै मानवीय क्षति भने नभएको महानगरीय प्रहरीवृत्त सिंहदरबारमा कार्यरत प्रहरी निरीक्षक ध्रुव सिलवालले जानकारी दिनुभयो ।

उक्त मन्दिर भएको स्थानमा अन्य दुई शिवालय पनि रहेका छन् ।  मन्दिर भत्कँदा अन्य शिवालय र सँगै रहेको गुठी संस्थानको भवनलाई पनि सामान्य क्षति पु¥याएको छ ।  एकिन क्षति कति भयो भन्ने जानकारी प्राप्त नभइसकेको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख हरिप्रसाद जोशीले जानकारी दिनुभयो ।
उक्त मन्दिरको गुठीमा थुप्रै जग्गा भएको र ती जग्गामा गुठी संस्थानले व्यावसायिक भवन बनाएर आम्दानी गर्दै आए पनि मठमन्दिरको संरक्षणमा समयमा नै ध्यान नदिएको स्थानीयबासीको आरोप छ ।
राणाकालीन उक्त मन्दिर वि.सं. १९३१ मा जिर्णोद्धार भएको अभिलेख देखिन्छ ।  मन्दिरको रेखदेखमा करिब आधा दर्जन साधुसन्त त्यहाँ बसोबास गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर