Aamsanchar

बाटोमै खोसियो मन्त्रीको गाडी

Author Image
शुक्रवार, साउन २१, २०७३

काठमाडौं ।

Mitsubishi-Pajero2

नयाँ मन्त्रीको शपथ ग्रहण सम्पन्न भएलगत्तै बीच बाटोमै गाडी खोसिएपछि निवर्तमान युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डल हिँडेर डेरा पुगेका छन् ।

बिहीबार शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रीहरुकेा शपथ ग्रहण कार्यक्रममा सहभागी भएर र्फकने क्रममा बाटोमै गाडी खोसिएपछि मण्डल हिँडेर डेरा पुगे । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि मन्त्रीक्वाटर्र छाडेका मण्डल बानेश्वरमा डेरा सरेका हुन् ।

शपथ ग्रहण कार्यक्रममा हमभागी भएर र्फकने क्रममा मण्डले आफूले प्रयोग गर्दै आइरहेको झन्डावाल गाडी नयाँ मन्त्रीका लागि फर्काइदिएका थिए । त्यसपछि उनले डेरासम्म् पुग्न आफ्नो सचिवालयले प्रयोग गरेको सेतो रङको गाडी झिकाएका थिए । तर मन्त्रालयको कर्मचारीले त्यो गाडी लान नदिएपछि उनी मध्यबानेश्वरबाट झन्डै डेढ किलोमिटरभित्र रहेको डेरामा हिँडेरै पुगेका थिए ।

जिम्मेवारीबाट मुक्त भएको २४ घण्टा पनि नबित्दै मन्त्रालयका कर्मचारीले देखाएको व्यवहारबाट निवर्तमान मन्त्री मण्डल दुःखी बनेको  समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)