२१ साउन, ताप्लेजुङ । ताप्लेजुङमा तीन दिनदेखि बेपता दुई व्याक्ति अझै फेला पर्न सकेका छैनन् ।

ताप्लेजुङ चाँगे १ मा डेरा गरी बस्ने तेह्रथुम चुहानडाँडा ५ का ३६ वर्षीय पदमकुमार घिसिङ र कालिखोला ९ स्यामटारका ७३ वर्षीय गर्जबहादुर भण्डारी गत सोमबारदेखि बेपता रहेका छन् ।

घिसिङ स्थानीय मैया खोलामा माछा मार्न जान्छु भनि हिडेका थिए भने भण्डारी घरमा कोहि नभएको समयमा घरबाटनै बेपत्ता भएको प्रहरीले बताएको छ ।
भण्डारीको मानसिक सन्तुलन ठिक नभएकाले घर छाडेर बारम्बार हिड्ने गरे पनि सोमबार देखि भने बेपत्ता भएको उनको छोरा लक्ष्मण भण्डारीले बताए । उनीहरु दुबैको खोजिकार्य जारी रहेको प्रहरीले बताएको छ ।

Views: 230


