Aamsanchar

एसएसबीका हवल्दारलाई स्थानीयवासीले कुटे

Author Image
शुक्रवार, साउन २१, २०७३
बिर्तामोड।
madhesh
नेपाल छिरेर व्यापारीलाई धम्क्याउँदै मालसामान खोस्ने सशस्त्र सीमा सुरक्षा बल(एसएसबी)का हवल्दारलाई इलाम पशुपतिनगरका स्थानीयवासीले कुटपिट गरेका छन् ।
विहीवार पशुपति–५चित्रेमा स्थानीयवासीले घोडामा लैजाँदै गरेको व्यापारीको सामान खोसेपछि सशस्त्र सीमा सुरक्षा बलका हवल्दार रमेश कुमारसहित अन्य दुई जनालाई स्थानीयले कुटपिट गरेका हुन् । स्थानीयवासीको कुटाइबाट एसएसबीका हवल्दार रमेश कुमार घाइते बनेको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक महेश खनालले बताए ।
मानेभञ्ज्याङतिर घोडामा लोड गरेर लैजाँदै गरेको चिउरा एसएसवीले खोसेपछि स्थानीयवासी जाइलागेछन्– प्रहरी निरीक्षक खनालले भने– कुटी हाल्नु हुँदैन थियो, नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको भए कानूनी प्रक्रिया अगाडि बढाइन्थ्यो, सहमतिपछि अहिले उनलाई एसएसबी मनोजकुमारलाई जिम्मा लगाएर पठायौं ।
सिभिल ड्रेसमा छिरेका तीन जना एसएसबीले व्यवसायीलाई धम्क्याउँदै सामान खोसेपछि पशुपति–५ चित्रेमा केही बेर तनाव उत्पन्न भएको थियो । जिल्ला प्रहरी कार्यालय इलामका एसपी सुशील कुमार यादव र भारतीय एसपी मनोज कुमार सम्मिलित छलफलबाट उनीहरुलाई जिम्मा लगाएको बताइएको छ । सादा पोशाकमा नेपाल छिरेका एसएसपी १९औं बटालियनका हुन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर