हो, भारतीय टीभी च्यानल जी टीभीबाट प्रशारित उक्त टेलिसिरियलकी प्रमुख पात्र प्रज्ञा नेपाली हुन् । सप्तरीको राजविराज (भारतको दरभंगा नजिक) मा जन्मिएकी प्रज्ञाको वास्तविक नाम सृति झा हो भने उनका बाबुआमाको नाम मिथिलेश कुमार र रीता झा हो ।
सानैदेखि नाचगान र अभिनयमा विशेष रुची राख्दै आएकी उनले काठमाडौस्थित मोर्डन इण्डियन स्कूल चोभारबाट माध्यमिक शिक्षा प्राप्त गरेकी हुन् भने दिल्ली विश्वविद्यालयबाट ग्रेजुएसन गरेकी छन् ।
२८ वर्ष पुगेकी सृतिले यसअघि हिन्दी सिरियलहरु ‘धुम मचालो धुम’ मा मालिनी शर्मा, ‘जिया जले’ मा सुनैना, ‘ज्योति’मा सुधा ‘सौर्या और सुहानी’ मा सुहानी, ‘बालिका बधू’ मा गङ्गाको अभिनय गरिसकेकी छिन् । तर सृति ‘कुमकुम भाग्य’ भन्दा पहिले नै ‘सौभाग्यवती भवः’ नामक सिरियलबाट चर्चामा आएकी थिइन् ।
प्रज्ञा उर्फ सृतिले हालसालै भएको राष्ट्रिय सिरियल अवार्डमा बेस्ट एक्टरको ट्रफी हात पारेकी छिन् । सृतिले बङ्गाली भाषी केटासँग विवाह गरेकी छिन् ।
यो सिरियल १५ अप्रैल २०१४ देखि आजसम्म निरन्तर प्रशारण भइरहेको छ । उक्त सिरियलको निर्देशन मुजम्मिल देसाई र शरद यादवले गरिरहेका छन् ।
एकताका नेपाली महिलाहरुको जनजिब्रोमा झुण्डिएको ‘कसौटी जिन्दगीका’ नामक हिन्दी टेलिसिरियलकी प्रमुख पात्र एकता कपुरले ‘कुमकुम भाग्य’ को निर्माण गरेकी हुन् ।
– शान्तिराम बस्नेत
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 421