[एकराज गिरी]
अनन्य मित्र राजु पाठक सम्पादक तथा प्रकाशक रहेको पत्रिका ‘मेची खबर’ साप्ताहिक १९ बर्ष पूरा भई २० बर्ष प्रवेश गरेको यो क्षण मलाई औधि खुशी लागेको छ । पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य समेत रहनु भएका उहााले उक्त पत्रिकाको सम्पादक तथा प्रकाशक भई जिम्मेवारी सम्हालेको एक बर्ष पूरा भई दोस्रो बर्ष लागेको छ । भद्रपुरका पुराना पत्रकार राजबाबु शंकरले शुरु गर्नुभएको हो ‘मेची खबर’को प्रकाशन । बीचमा विविध कारणले प्रकाशन रोकिएको पत्रिका ‘मेची खबर’लाई पुनर्जीवन दिन राजुजी सफल हुनुभयो । त्यति मात्र होइन बर्षदिनभित्रै ‘मेची खबर’ पत्रिकाको भीडमा छुट्टै पहिचान र ओज बोकेर चम्किएको र लम्किएको छ ।
झापामा पत्रकार महासंघका सदस्य २३१, सदस्यता नलिएमा र लिन बााकी अरु सवा सय बढी गरी साढे तीन सयको हाराहारीमा पत्रकारको संख्या छ । यहाा १६ वटा रेडियो, ९ वटा दैनिक पत्रिका, डेढ दर्जनको हाराहारीमा साप्ताहिक, केही पाक्षिक, मासिक पत्रिका र दुई वटा टेलिभिजन छन् । यी सञ्चारमाध्यमसागै राष्ट्रिय अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत पत्रकार पनि झापामा उत्तिकै छन् । ती पत्रिका र पत्रकारको भीडमा ‘मेची खबर’ र त्यहा कार्यरत पत्रकार एक बर्षअघि पुन: उदाएर लम्किएका छन् । झापामा केही साप्ताहिक मात्र नियमित निस्किएका छन्, अरु मौसमी । तर, मेची खबर नियमित मात्र होइन पत्रकारिताको व्यवसायिक अभ्यासमा समेत अग्रणी लाग्छ ।
म कार्यरत पत्रिका ‘पूर्वाञ्चल दैनिक’को कार्यालयमा मेची खबर नियमित आउाछ । प्राय: म हेर्छु, पढ्छु– मेची खबर । बाहिरी आवरण, साजसज्जा, विषयवस्तु, भाषिक रुपमा समेत उत्कृष्ट लाग्छ । बैदेशिक रोजगार र यसले पारेको सकारात्मक तथा नकारात्मक प्रभावलाई रिपोर्ट, समाचार, सम्पादकीय, विचार, अन्तरवार्तामार्फत मेची खबरले उजागर गर्दै आएको छ । बैदेशिक रोजगारीको समाचार मेची खबरमा भएन भने खल्लो महशुस हुन्छ । किनकि त्यसको पहिचान बनिसकेको छ बैदेशिक रोजगारीका सामग्री । प्रकाशित ती सामग्री खोजपूर्ण, तथ्यगत र पठनीय लाग्छ । यसका साथै हरेक अंकमा अन्य पनि खोजपूर्ण र नयाा सामग्री प्रकाशित हुादै आएका छन् । नयाा र खोजपूर्ण विषयवस्तु नै आज आम पाठकको रुचीको विषय हो । यो सन्दर्भमा मेची खबर पाठकको रुची पूरा गर्न चुकेको छैन । राजुजी आफै नयाा विषयवस्तु खोज गरी त्यसलाई अत्यन्त मेहनतका साथ कौशलतापूर्ण ढंगले प्रस्तुत गर्ने कुशल पत्रकारको रुपमा मैले चिनेको छु ।
मैले ०५४ सालको अन्त्यतिर एसएलसी परीक्षा दिइसकेपछि अब के पढ्ने, के हुने भन्ने मभित्र निक्कै कौतुहलतासागै निर्णयमा पुग्न हम्मे हम्मे पर्यो । सानैदेखि समाचार नियमित सुन्ने र सञ्चारमाध्यमको नजिक हुने रुची थियो । यही क्रममा गाउाका साना तिना समाचार लेख्ने अभ्यास पनि शुरु गरें । तर कलेजमा जे पढिन्छ त्यही शिक्षालाई व्यवहारमा लागू गरी पेशा बनाउने अठोट लिएा मैले । सोही क्रममा पूर्व मै पहिलोपटक बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यलयले कक्षा ११ र १२ मा पत्रकारिता र सामाजिक अध्ययन विषयको पठन–पाठन मानविकी संकायतर्फ शुरु गर्ने निधो गर्यो । यो शुरुवातले मेरो रुचीमा उत्साह मात्र थपेन सपना साकार हुने देखें । ती दुबै विषय लिई मैले अध्ययन शूरु गरें । गोमेन्द्रमा भर्ना भएर पत्रकारिता अध्ययन शुरु गरेसागै मेरो पत्रकारिताको औपचारिक यात्रा शुरु भएको हो । त्यसबेला पत्रकारिता सम्बन्धी पुस्तक अत्यन्त कम थिए, भएका पनि हाम्रो पहुाचमा थिएनन् । आदरणीय गुरु मदन ढकाल र रुपक खनालले विभिन्न सन्दर्भ सामग्रीबाट खेजेर हामीलाई अध्यापन गराउनुहुन्थ्यो । म गोमेन्द्रमा पत्रकारिता विषयको पहिलो व्याचको विद्यार्थी थिएा, जम्मा १८/२० जना थियौं । परीक्षामा नियमित उत्तीर्ण चाहिा २/३ जना मात्र भयौं । १२ कक्षापछि पत्रकारिता अध्ययनको प्रबन्ध मोफसलमा थिएन । काठमाडौं जाने सोच र पहुाच भएन । पत्रकारितासागै शिक्षण पेशालाई पनि सहायक बनाउन सकिन्छ कि भन्ने सोचेर मैले कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाबाट शिक्षा संकायमा स्नातक र स्नातकोत्तर गरें ।
विगतलाई मैले यहाा प्रस्तुत गर्नुको उद्देश्य राजुजीसाग मेरो पत्रकारिता यात्रामा भेटघाटको प्रसंग जोडनको लागि मात्र हो । ०५४/०५५ वाटै उहाासाग मेरो परिचय र नियमित भेटघाट हो । शुरुमै अलि खरो स्वभाव, निडर व्यक्तिको रुपमा उहाालाई चिने । गोमेन्द्रमा राजुजी दोस्रो व्याचको पत्रकारिताको विद्यार्थी । घर छेउमै कलेज भएकाले उहाालाई धेरै सहज भयो । पढाइसागै उहााको पनि पत्रकारिता यात्रा शुरु भएको हो । अघिपछिका व्याचका विद्यार्थी भए पनि हामी एउटै व्यचका झै घुलमिल गर्थ्यौं । रिपोटिङमा जान्थ्यौं । त्यसक्रममा उहााको अरु परिचय पाउादै गएा– अत्यन्त मेहनती, शुरु गरेको काम पूर्ण गरेर छाड्ने, नयाा विषयको खोज, निरन्तरता अर्थात पत्रकारका गुणहरु भरिदै गरेको अवस्था । त्यतिबेला उहाा काठमाडौंको सम्बोधन साप्ताहिकमा झापाबट रिपोटिङ गर्नुहून्थ्यो । पछि ऐक्यबद्धतामा काम गर्नुभयो । यहााको पत्रकारिता संघर्षलाई केही समय विसाएर उहाा बैदेशिक रोजगारका लागि कोरिया पनि जानुभयो । तर त्यहााबाट पनि पत्रकारितामा निरन्तरता दिएको मैले पाएा । उहााकी श्रीमती पुजन आचार्य पनि पत्रकार हुनुहुन्छ । महासंघको सदस्यता पनि पाउनुभएको छ । सायद विहेपछि नै जस्तो लाग्छ, पुजनजी पनि पत्रकारिता पेशामा लाग्नुभएको । पत्रकारितासागै पाठक दम्पत्तिले गाई फार्म समेत सञ्चालनमा ल्याउनुभएको छ । यसबाटै प्रष्ट हुन्छ कि उहााहरुको लगनशीलता र परिश्रमी व्यक्तित्व । केही न केही गरिरहने, फुर्सदिलो नबस्ने स्वभावकै कारण पत्रकारितामा उहााहरुको भविष्य उज्ज्वल बनेको छ । मेची खबरको भविष्य उज्ज्वल बनेको छ । अनेक बाधा र अप्ठेराका बाबुजद पत्रकारितामा संलग्न भई चुनौति नै चुनौतिकाबीच उदायको मेची खबरले गरिरहेको प्रयत्न स्तुत्य छ । राजुजी, पुजनजी लगायत मेची खबर परिवारको कार्यको प्रशंसासहित निरन्तरता, सफलता र उत्कृष्टताका लागि शुभकामना व्यक्त गर्दछु ।
मेची खबरले २० बर्ष प्रवेश गरेको प्रसंगसागै नेपालमा सञ्चारमाध्यमले भोगिरहेका चुनौति र पूरा गर्नुपर्ने जिम्मेवारीका केही सवाल उठान गर्नु सान्दर्भिक ठानेको छु । सयवर्ष भन्दा बढीको नेपाली पत्रकारिताको इतिहासलाई हेर्दा अहिले नेपालमा साढे ६ हजारको हाराहारीमा पत्रिकाहरु दर्ता भएका छन् । पत्रपत्रिकाहरुको प्रकाशन शुरु भए सागै नेपाली पत्रकारिताले थुप्रै समस्याहरु पनि झेल्दै आएको छ । नेपालको राणाशाशनको ब्यवस्था हुदै तीस वर्षे लामो पञ्चायती ब्यवस्था र शाहीकालमा पत्रिकाहरु माथि लगाइएको अंकुशको कारण नेपाली पत्रकारिताले समस्याहरु झेल्न बाध्य भयो । विस २०४६ सालको प्रजातन्त्रको पुर्नस्थापना पछि नेपालमा पत्रपत्रिका प्रकाशनमा बाढी नै आएको हो । विस २०४७ साल र अहिलेको संविधानले प्रकाशनरप्रशारणमा स्वतन्त्रता प्रदान गरेको छ । तर, संविधानको विभिन्न धारा र उपधारालाई आधार बनाउदै बेला बेलामा प्रकाशनरप्रशारण स्वतन्त्रतामाथि समेत अंकुश लगाउने काम भएका छन् । ०६२/०६३ को लोकतन्त्रको स्थापनासागै पत्रिका प्रकाशनमा बाढी नै आएपनि थुप्रै पत्रिकाहरु प्रकाशन हुने र बन्द हुने क्रम पनि उत्तिकै छ । आज हजारौा पत्रपत्रिका, एफएम रेडियो, टेलिभिजन, अनलाइन जस्ता सञ्चार माध्यमहरु सञ्चालित छन् । तर सञ्चार क्षेत्र अझै पनि सुरक्षित छैन । पत्रपत्रिकाको सङख्या बढे पनि पत्रकारहरुको अवस्था दयनीय नै छ । लोकतन्त्रको स्थापनापछि नेपाली संचारक्षेत्र निकै हौसिए पनि नेपाली पत्रकारिता क्षेत्र अझै असुरक्षित छ । गणतन्त्रको स्थापना पछि पनि समाचार लेखेकै कारण कैयौं पत्रकारहरु मारिएका छन् । संचार माध्यामहरु पनि राजनीतिक दलको छत्रछायाामा रमाईरहेको अवस्था पनि रहेको छ । संचारमाध्यामहरु राजनीतिक दलहरुको संरक्षणमा हुर्किएको कारण नै आज नेपाली पत्रकारिता क्षेत्र स्वतन्त्र हुन सकेको छैन ।
नेपाली संचार माध्यामहरु राजनीतिक पार्टीको मुखपत्र बन्दै राजनीतिक दलको पत्रकारिता गर्ने अवस्था नेपाली पत्रकारिताको लागि चुनौतीको विषय हो । संचार माध्यममा राजनीतिक दलहरुको संरक्षण हुनु तथा समाचार लेखेकै कारणले अहिले पनि पत्रकारहरु आक्रमणको शिकार हुनु दु:ख लाग्दो विषय हो । नेपाली पत्रकारितामा जकडिएको यो समस्याहरु समाधानका लागि आम पत्रकारहरु पनि गम्भिर बन्न जरुरी देखिन्छ । विस २०४७ साल यता राजनीतिक दलहरुको संरक्षणमा स्थापना भएका पत्रपत्रिकाहरुले निश्पक्ष समाचार प्रवाह गर्नुको सट्टा आफू पक्षधर पार्टीको विचार प्रवाह गर्ने र वास्तविकतालाई ढाकछोप गर्ने प्रवृति अन्त्य हुनु पर्ने आवश्यकता पनि टड्कारो बनेको छ । पछिल्लो समय नेपालको मिडिया उद्योगमा ठूलो लगानी भई रहेपनि राजनीतिबाट अछुतो रहन नसक्नु र पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महसंघमा पनि राजनीतिक भागबण्डाले गर्दा पत्रकारिता स्वतन्त्र र निश्पक्ष हुन सकेको छैन । देशको आर्थिक उन्नतिमा मिडियाले एक उद्योगको हैसियतले गरेको योगदानको मूल्याङ्कन भने भइसकेको छैन तर पनि सामाजिक सांस्कृतिक राजनीतिक जीवनमा भने संचारको प्रभाव स्थापित भइसकेको छ । अझैसम्म पनि ग्रामीण पत्रकारितामा नेपाली पत्रपत्रिकाले उचित स्थान दिन सकिरहेको देखिदैन । त्यसैले नेपाली पत्रकारिताले ग्रामीण पत्रकारिताको क्षेत्रमा स्थान दिन जरुरी देखिन्छ । यस्तै सरकारले पनि पत्रपत्रिकाको विकाश र उचित संरक्षणको लागि पत्रपत्रिका चल्ने उचित स्रोत विज्ञापन पारदर्शी बनाउन जरुरी छ । विज्ञापनले मात्रै संचालन हुने संचार क्षेत्रमा वित्तिय संस्थाहरु, स्कुल कलेजहरुको विज्ञापन रोक्नुले पत्रपत्रिकाहरु अझ संकटमा पर्ने देखिन्छ । यस तर्फ सरकारले सोच्न जरुरी छ भने सम्भाब्यताको खोजी गर्नु नितान्त आवश्यक छ । राजनीति पत्रकारिता गर्ने उद्देश्यले स्थापित भएका पत्रपत्रिकाहरु ब्यवसायिक र स्वतन्त्र हुन नसक्दा पत्रकारिता राजनीतिक घेराभित्र रुमलिनु पनि अर्को समस्या र चुनौती हो ।
जबसम्म आफंै तथ्य–सत्यबाट टाढा हुन्छ । उसले कसरी सुसूचित गर्न सक्छ ? आधुनिक विश्वमा मानिसलाई सूचनासागै शिक्षा, ज्ञान, सीप, संस्कार र समग्र सभ्यताको प्रथम जानकारी दिने त्यसलाई परीक्षण गर्ने माध्यमका े काम पनि आमसञ्चार र पत्रकारिताकै माध्यमबाट हुनैपर्छ । त्यसका लागि यसले दिने सूचना ज्ञान वा शिक्षा जे हो, त्यो यथार्थ हुनु जरुरी छ । समाजमा सामान्य मानिसले समेत असत्य बोल्ने छुट पाउादैन भने सत्य– तथ्य समाचार सम्प्रेषण गर्ने जिम्मेवारी लिएको पत्रकारिताले त्यस्तो छटु पाउनंै सक्दैन । सत्य चिन्न नसक्ने वा चिनेको सत्य प्रस्तुत गर्न नसक्ने पत्रकार वा पत्रकारिताले समाजलाई कता लैजान्छ ? त्यसको जवाफ दिइरहनु पर्दैन । गलत समाचार दिनु मात्र दण्डनीय होइन, दिनपुर्ने समाचार लुकाउनु पनि क्षम्य हनु सक्दैन ।
प्रविधिको विकाससागै पत्रकारितामा चुनौति थपिएको छ । प्रविधिको विकासका कारण अहिलेको सामान्य मानिएको मानिस सुचना सम्प्रेषणको जिम्मेवारी लिएर हिाडिरहेको सञ्चारकर्मीभन्दा छिटो सूचित र सचेत हुन सक्ने भएको छ । पहिलेको पत्रकारले प्रविधिले र प्रेसलाई आफ्नो अनुकुल चलाउन सक्थ्यो । अब त्यो कतिपय अवस्थामा सम्भव छैन । प्रविधिले आफू अनुकुलको पत्रकार खोज्न थालिसकेको छ । प्रविधिमा अपडेट नहुनेहरु पत्रकार हुन नसक्ने अवस्था छ । किनभने, पत्रकारिता यन्त्रअनुकुलको बौद्धिक पेसा बन्दै गएको छ । राम्रो पत्रकारिताले मानिसको हरेक दिन भिन्न बनाउन सक्छ । समुदायलाई यातायात, शिक्षा, आवास, खानेपानी, सामाजिक सुरक्षा, वातावरणलगायतका महत्वपूर्ण र असल विषयमा जानकारी दिन्छ । भ्रष्ट आचरण, अनैतिक र समयले स्वीकार गर्न नसक्ने विषय र व्यवहारबाट बच्दै असल काम गर्न प्रेरित गर्छ । समाजको अग्रपङ्क्तिमा रहेकाहरूलाई अभिभावकत्व दिादै पछि पर्ने, पछि परेका, विपन्न र कमजोरहरूको हात समातेर अगाडि बढ्न हौसला दिन्छ र सााचो अर्थमा आवाजविहीनहरूको आवाज बन्छ । यसले उपेक्षित वर्ग, लिङ्ग र समुदायको भावना मूखरित गर्छ र गर्नुपर्दछ । तर, मोफसलमा कुनै वर्ग, लिङ्ग वा समुदायको मूखपत्रको रुपमा क्रियाशील सञ्चार माध्यमका जटिलता अझै गम्भीर प्रकृतिका हुने गर्दछन् । आफू उभिएको धरातलप्रतिको ममता र प्राथमिकता स्वाभाविक हुन्छ र हुनुपर्दछ ।
पत्रकारिता आम सञ्चारमा विकसित भएपछि छापा माध्यमका लागि सबैभन्दा ठूलो चुनौति थपिएको छ । छापा माध्यमभन्दा विद्युतीय माध्यम र सामाजिक सञ्जालको प्रभुत्व बढी भएको आजको अवस्थामा गुणस्तर र ऽुततामा संवेदनशील बन्नुपर्ने भएकै छ । घटित घटनाको सूचना पाठकसम्म पुर्याउन घण्टौं लाग्ने वर्तमान परिपाटीबाट छापा माध्यमले बिकल्प खोज्नुपर्ने बेला आएको छ, यो नै आजको मुलभूत चुनौति र कार्यभार पनि हो । पछिल्लो समय प्रविधिको विकासले संसारभरको खबर हात हातमा भएको मोबाइलबाटै हेर्न सकिने भएको छ । यसले पत्रकारिता र पत्रकारलाई त्यहि अनुसार काम गर्न चुनौति थपेको छ । कुनै समयमा एउटा देशको समाचार अर्काे देशमा पुग्न महिनौ लाग्थ्यो तर अहिले केहि समयमै पुग्ने प्रविधिको विकास भएको छ । यसले पत्रकारहरुलाई पनि २४सै घण्टा खट्नुपर्ने अवस्था अहिले भएको छ । यही चूनौति मनन गरी अहिले धेरै छापा पत्रिकाले अनलाइन पत्रिका सुरु गरेका छन्, गर्दैछन् । एक त छापा माध्यम, त्यसमाथि मोफसल । यसका चुनौति पक्कै पनि बहुआयमिक नै छन् । सानो बजार तर महङ्गो प्रकाशन, व्यवस्थापन र प्रशासनिक चापजस्ता विषय राज्यको दायित्वभित्रकै विषय हुन् । लोककल्याणकारी विज्ञापनले आंशिक राहत मात्र छ । राज्यको औकात र साधन स्रोतको विद्यमान अवस्थाबाट धेरै आशा गर्न सकिने परिस्थिति पनि छैन । यस्तो अवस्थामा छापा माध्यमले आफ्नो आयातनमा बृद्धि, गुणस्तरमा जोड, प्रविधिमा अपडेट र अन्य माध्यमहरुको पनि प्रयोग गर्न सक्नुपर्दछ ।
निष्कर्षमा भन्नुपर्दा नेपाली पत्रकारिताको चुनौतिलाई यसरी हेर्न सकिनछ– राजनीतिक आस्था र पक्षधरताको पक्षपोषण मौलाएको छ । सहि सत्य तथ्य सूचना प्रवाहमा वेवास्ता बडेको छ , सत्य तथ्य सार्वजनिक गर्नेलाइृ पनि निरुत्साहित गर्न नियोजितरुपमा विभिन्न लाञ्छना लगाएर चरित्रहत्याको प्रयास पत्रकारहरुबाटै हुनु दु:खद् हो । सञ्चारकर्मी र सञ्चारमाध्यमको विभिन्न समूह गुठसागको सााठगााठ ,राष्टू र समाजप्रति उत्तरदायित्व बोध नहुनु , पत्रकारितालाई स्वच्छ र निष्पक्ष बनाउन नसक्नु , नयाा प्रवेशीहरुमा योग्यता सीप दक्षता र खुवी नहुनु, छाडापन स्वार्थगत मिसन र पर्चा कारिता पार्टी कारिताले स्थान पाउनु विद्यमानका चुनौति हुन् ।यसका साथै संचारकर्मीहरुको सीप अभिवृद्धिका लागि संचार गृहले ध्यान नदिनु, संचारगृहका सेवा सुविधाले जिविकोपार्जन नहुन जस्ता समस्याले पनि पत्रकारिता क्षेत्रमा चुनौति थपेको छ । यसर्थ समाज परिवर्तनका लागि स्वतन्त्र,निष्पक्ष,निडर र स्वस्थ पत्रकारिता आजको आवश्यकता बनेको छ । यो आवश्यकता परिपूर्तिमा झापासहित देशभरका सञ्चारकर्मी सञ्चारमाध्यम अग्रसर हुन जरुरी छ । यो अग्रसरतामा मेचीखबर अग्रणी दरियोस्,शुभकामना ।
(गिरी– पत्रकार महासंघ झापाका सचिव तथा पूर्वाञ्चल दैनिकका सम्पादक हुन् ।)