Aamsanchar

घरेलु तथा साना उद्योग कार्यालयमा कर्मचारी अभाव, काम प्रभावित

Author Image
शुक्रवार, साउन २१, २०७३

भद्रपुर ।

घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरमा आवश्यकताभन्दा कम कर्मचारी कार्यरत रहेका कारण कार्यालयको कामकाज प्रभावित भएको छ ।

एघार जनाको दरबन्दी रहेको सो कार्यालयमा एक वर्षदेखि कार्यालय प्रमुखसहित पाँच पद रिक्त छ । उद्योग दर्ता एवम् नवीकरण गर्ने र बजार अनुगमन गर्ने समेत जिम्मेवारी पाएको सो कार्यालयमा कर्मचारीको रिक्तताका कारण उद्योगी एवम् व्यवसायीले निकै दुःख पाउने गरेका छन् ।

आर्थिक वर्ष २०७१÷७२ मा रु दुई करोड १२ लाख १२ हजार राजस्व उठाएको सो कार्यालयले आर्थिक वर्ष २०७२÷७३ मा रु एक करोड ७२ लाख २७ हजार ३३७ मात्र राजस्व उठाउन सफल भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा रु ३९ लाख ८४ हजार कम राजस्व उठेको निमित कार्यालय प्रमुख चन्द्र मिश्रले जानकारी दिनुभयो ।

गत आवमा उद्योग दर्ता सङ्ख्या छ हजार ९०० र वाणिज्य फार्म दर्ता सङ्ख्या आठ हजार ८० रहेको सो कार्यालयले गत आवमा बजार अनुगमन २०८, सीपमूलक÷उद्यमशीलता विकास तालिम १२ वटा र गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम वभिन्न ठाउँकमा सम्पन्न गरेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर