Aamsanchar

आसाममा १३ जनाको हत्या

Author Image
शुक्रवार, साउन २१, २०७३
आसाम ।
उत्तरपूर्वी भारतीय राज्य आसामको कोक्राझार जिल्लाको एक बजार इलाकामा शुक्रवार अज्ञात बन्दूकधारीहरूले गोली प्रहार गरी १३ जनाको ज्यान लिएको  छ ।
स्थानीय प्रहरी सूत्रलाई उद्धृत गर्दै त्यो गोलीकाण्ड नेसनल डेमोक्र्याटिक फ्रोंट ओफ बोडोल्याण्डका विद्रोहीले गरेको भनिएको छ ।बोडो समुदायले आसामको एक भाग छुट्याई स्वतन्त्र बोडोल्याण्डको स्थापना गर्ने माग गर्दै आएको छ ।
प्रहरी अधिकृत एल आर बिश्नोइले एसोसिएटेड प्रेसलाई बताए अनुसार, कोक्राझार नगरनजिकैको बालाजान बजारमा ६ जना संदिग्ध विद्रोहीहरूले स्वचालित बन्दूक चलाउनका साथै ग्रिनेडद्वारा आक्रमण गरेका थिए । एकजना बन्दूकधारीलाई सुरक्षाकर्मीले मारिदिएका छन् । अरुको खोजी हुँदै छ ।
आक्रमणको क्रममा केही घर र पसलहरू भत्केका छन् । बोडो समेत आसामका अन्य केही जातिय समूहले पनि स्वशासन वा स्वतन्त्र राज्यको माग गर्दै आएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर