Aamsanchar

आज किन भयो बन्द ?

Author Image
शनिवार, साउन २२, २०७३

banda

भद्रपुर  ।

राष्ट्रिय जनमुक्ति पार्टी जनवर्गीय सङ्गठन लिम्बूवान राज्य परिषद्ले आज पुर्व  नौ जिल्लामा गरेको बन्दको प्रभाव मेची अञ्चलमा बिहानैदेखि देखापरेको छ ।

बन्दका कारण पर्ूवपश्चिम राजमार्ग, कोसी राजमार्ग र मेची राजमार्गमा कुनै पनि यातायातका साधन चलेका छैनन् भने त्यस क्षेत्रका कलकारखाना र शिक्षण संस्थासमेत ठप्प भएका छन् ।

विसं १८३१ मा आजकै दिन अर्थात साउन २२ गते पृथ्वीनारायण शाहले लिम्बूवान क्षेत्र नियन्त्रणमा लिएपछि लिम्बूवानीसँग जग्गाको कर उठाउनका लागि किपटको व्यवस्था गरिए थियो । सोअनुसार करको १६ आनामध्ये ६ आना लिम्बूवानले राख्ने र १० आना सरकारलाई बुझाउने सम्झौता भएको थियो ।

विसं २०२१ मा राजा महेन्द्रले भूमिसुधार लागू गरेपछि किपट व्यवस्थासमेत खोसिएको विरोधमा सम्झनास्वरुप आज पर्ूवका नौ जिल्ला बन्द गरिएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)