Aamsanchar

पक्की घरको छत झर्दा एकै परिवारका ३ जनाको मृत्यु

Author Image
शनिवार, साउन २२, २०७३

कपिलवस्तु  ।

घरको छत भत्केर एकै घरका तीन जनाको गएराति मृत्यु भएको छ । जिल्लाको गुगौली गाविस– ५ तिनघेरवा गाउँका नारायण भरको घरको छत भत्किदा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ वर्षीय छोरा अरविन्द भर, २४ वर्षीय छोरी सत्यावती भर र १४ वर्षीया छोरी चन्द्रावती भरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनामा परी ६ वर्षीय अरविन्दको घटनास्थलमै मृत्यु भएको र घाइते दुई जनाको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक विष्णु केसीले बताउनुभयो ।
राति करिब ९.३० बजे घरको बरण्डामा बसेर खाना खाइरहेको बेला पक्की घरको छतको झाप खसेर उनीहरु थिचिएका थिए । घटनामा परी घाइते भएकी अर्की छोरी भकुरी भरको अवस्था भने सामान्य रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर