Aamsanchar

 बाह्रवटा चितुवा मरे

Author Image
शनिवार, साउन २२, २०७३

chituwa

रामपुर (पाल्पा)  ।

एक वर्षको अवधिमा पाल्पामा १२ वटा चितुवा मरेका छन् । पाल्पाका विभिन्न गाउँका बस्ती नजिक पसेका दश वयस्क र दुईवटा डमरु बच्चा मरेको जिल्ला वन कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाको बौघा पोखराथोक, पालुङ मैनादी, खानीछाप देउराली, सत्यवती, चाँपपानी लगायतका स्थानमा मृत अवस्थामा चितुवा भेटिएका हुन् । पाल्पाकै अर्गलीमा दुईवटा बच्चा फेला परे पनि दश दिनमा मृत्यु भएको जिल्ला वन कार्यालयले जनाएको छ ।

खानीछाप र बराङदीमा फेला परेका घाइते अवस्थाका भाले चितुवालाई चितवनस्थित राष्ट्रिय निकुञ्जमा पठाइएको छ ।
सडकको छेउ, बारी र जङ्गलमा चितुवा फेलापर्ने गरेको जिल्ला वन कार्यालयका कर्मचारीले बताएका छन् । चितुवाबीच एक आपसको लडाइ र मानवको अतिक्रमण र वन्यजन्तु द्वन्द्वका कारण चितुवा मृत र घाइते अवस्थामा भेटिएको हुनसक्ने वन कार्यालयका रेन्जर यमलाल भुसालको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर