Aamsanchar

गोरु काटेपछि फोरम नेता पक्राउ

Author Image
शनिवार, साउन २२, २०७३

उदयपुर  ।

गोरु काटेको आरोपमा उदयपुरमा संघीय समाजवादी फोरमका एक नेता पक्राउ परेका छन । गोरु काटेको आरोपमा संघीय समाजवादी फोरमका बेल्टार बसाहा नगरपालिकाका उपाध्यक्ष मनकुमार राई पक्राउ परेका हुन् ।

राईले घर नजिकै रहेको द्धारखोलाको बाँधमा लगि गोरु काटिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरिक्षक भिम प्रसाद सिलवालले बताए ।

पक्राउ परेका राईलाई मुलुकी ऐन भाग ४ को चौपाया सम्बन्धि महल ७ अनुसार कानुनी कार्वाही अगाडी बढाउने प्रहरीले जनाएको छ ।

चौपाया सम्बन्धि महल अनुसार जानी जानी गाई गोरु मानैलाई १२ बर्ष र मार्न सल्लाह दिनेलाई ६ बर्ष कैद सजाय हुने व्यवस्था छ । तर पक्राउ परेका राईले भने लडेर मरेको गोरुलाई प्रहरीले फसाउन मारेको आरोप लगाएको बताएका छन् ।

राज्य धर्मनिरपेक्ष भई सक्दा समेत गोरु काटेको आरोपमा नागरिक पक्राउन पर्नु दुखत भएको सघीय समाजवादी फोरमले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर