Aamsanchar

झापासहित ९ जिल्ला बन्दका कारण जनजीवन प्रभावित

Author Image
शनिवार, साउन २२, २०७३

काँकडभिट्टा (झापा)।

लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि झापालगायतका पुर्वका जिल्लाका जनजीवन प्रभावित भएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर लिम्बुवान राज्य खोसेको भन्दै परिषद्ले हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ दिनका रुपमा लिँदै आएको छ । त्यसैको विरोधमा आज बन्द गरिएको बताइएको छ ।

बन्दका कारण झापा, इलाम, सुनसरी, मोरङ,ताप्लेजुङ,संखुवासभालगायत पूर्वाञ्चल क्षेत्रका जिल्लामा यातायातका साधन चलेका छैनन् भने झापाका सबै पसल, बजार बिहानैदेखि बन्द छन् । एम्बुलेन्स, प्रेसलगायत आकस्मिक सेवाका सवारी साधन भने सञ्चालनमा आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर