Aamsanchar

तीन तलामाथिबाट खसाएर मलेसियामा नेपालीको हत्या

Author Image
शनिवार, साउन २२, २०७३

मलेसिया ।

मलेसियाको जोहरमा लुटेरा समुहको आक्रमणबाट शुक्रबार एकजना नेपाली श्रमिकको ज्यान गएको छ ।

लुटेरा समुहले होस्टलको तीनतलाबाट खसाइदिएर सुनसरीको इटहरी–७ का नरेन्द्र चौधारीको ज्यान गएको हो ।

रातको ड्युटी सकेर होस्टलमा बसिरहेका चौधारीलाई लुटेरा समुहले दिउँसोको समयमा तीनतला माथिबाट खसाइदिएका थिए ।

लुटेरा समूहले तीनतलामाथिबाट खसाइदिँदा चौधारीको घटनास्थलमै ज्यान गएको प्रत्यक्षदर्शी नेपाली युवाले बताएका छन् ।

चौधरीलार्इ तीनतलामाथिबाट खसाइदिएपछि लुटेराको समूह त्यहाँबाट भागेको थियो । चौधरी ६ महिनादेखि मलेसियाको जोहर राज्यको पसिर गुडाङ आयर बिरुस्थित तेल प्याकेजिङ कम्पनीमा कार्यरत थिए । चौधारीको हत्यापछि कम्पनीमा अन्य ८० जना नेपाली त्रसित भएका छन् ।

तीनतलामाथिबाट खसेका चौधारीको टाउको र हातमा गहिरो चोट लागेको छ । कम्पनीमा कार्यरत भोजपुरका प्रकाश बस्नेतका अनुसार चौधारीलार्इ दुर्इजना तामिल मुलका लुटेराले खसालेका थिए ।

चौधारीको शवलार्इ प्रहरीले नियन्त्रणमा लिए अस्पाल लगेको छ। चौधारीको हत्यापछि त्रासित नेपाली श्रमिकको सुरक्षामा ध्यान दिने कम्पनीले जनाएको बस्नेतले बताए ।

चौधारीकी पत्नी दुर्इ छोरीसहित घरैमा छिन् । मलेसियामा लुटेरा समुहको आक्रमणबाट पटक पटक नेपालीको ज्यान जाने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 90

प्रतिक्रिया (०)