Aamsanchar

लडाकुले कब्जा गरे दुई शहर

Author Image
शनिवार, साउन २२, २०७३

ladaku

बेरुत ।

उत्तरी सिरियाको ऐतिहासिक सहर म्यानबीज अरब र कुर्द लडाकूहरुले शनिबार कब्जामा लिएका छन् ।

इस्लामिक स्टेटस् (आइएस)आतङ्ककारी समूहको बलियो प्रभाव रहेको सो सहर ‘द सिरियन डेमोक्र्याटिक फोसेस् (एसडीएफ)’ नामक अरब–कुर्द लडाकू समूहको संयुक्तबलले कब्जा गरेको एक मानव अधिकार समूहले जानकारी दिएको छ ।

शनिबार म्यानवीज सहर एसडीएफले कब्जामा लिएको मानव अधिकावादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

सो सहर जिहादी समूहबाट फर्काउनको लागि गत मे ३१ एसडीएफले अमेरिकासँग आवद्ध चालकरहित विमान आक्रमणको पनि गराएको थियो ।

यो सहर टर्कीको सीमा रहेको सिरिया राकासहरबाट आइएस लडाकू समूहलाई सरसामाग्री आपूर्ती गर्नको लागि यातायातको प्रमुख मार्गको रुपमा रहेको थियो ।

सिरियामा सन् २०११ मा त्यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । आन्दोलन गृहयुद्धमा परिणत भएपछि त्यहाँ विभिन्न आतङ्ककारी समूह अल कायदा, आइएसको प्रभाव बढ्दै गयो ।

जारी यस युद्धमा परी सिरियामा सन् २०११ देखि हालसम्म दुई लाख ८० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । त्यसैगरी यस युद्धमा परी लाखौँ व्यक्ति घाइते भएका छन् । लाखौँ आफ्नो देश छोडी विदेशमा शरणार्थी जीवन विताइरहेका छन् । सिरियाका कैयौ क्षेत्र आइएस लडाकू समूहले कब्जामा लिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर