Aamsanchar

नेविसंघको चन्दा आतंक

Author Image
शनिवार, साउन २२, २०७३

इटहरी ।

दुई महिना अघि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले एक बिज्ञप्ती निकाल्दै सर्वसाधरणलाई आग्रह गर्दै भन्यो ‘कांग्रेस भित्रको कुनै पनि संगठन, पदाधिकारी र जो कोहीले कुनै पनि बहानामा चन्दा संकलन गर्न आए पार्टीलाई जानकारी गराउनु ।

कसैले चन्दा उठाए कारबार्ही गर्ने बिज्ञप्तीमा उल्लेख गरिएको थियो । तर पार्टीको निर्णय विपरित सुनसरीमा व्यापक रुपमा चन्दा आतंक मच्चिएको छ ।
सुनसरीको इटहरी, धरान र इनरुवामा पार्टीको निर्देशन बिपरित नेबिसंघका पदाधिकारी र कार्यकर्ताले ‘११ औ महाधिवेशन’ को लागी ‘खर्च’ भन्दै चन्दा आतंक मच्चाएका हुन् । महाधिवेशनको लागी भन्दै जिल्लामा नेबिसंघका जिम्मेवारी पदाधिकारी स्वयम आफैले चन्दा उठाएका हुन् । कतिपय स्थानमा रसिदबाट चन्दा उठाइएको छ भने बाँकी धेरै स्थानमा रसिद बिना नै चन्दा उठाइएको छ ।
नेबिसंघ सुनसरीमा दुई जना सभापतिको दाबी रहेका कारण पनि जिल्लामा बढी चन्दा उठाइएको छ । काग्रेस जिल्ला कार्यसमिति सुनसरीले र केन्द्रिय कमिटिले आधिकारीक सभापति सुनिल साह रहेको बताएको छ । तर चन्द्र शुन्दर खेवाङ पनि आफु सभापति भएको दाबी गर्दै आएका छन् । सुनसरी जिल्लामा दुई सभापतिको बिवाद समधान हुन नसक्दा पनि अहिले जिल्लामा चन्दा आतंकले ठुलो रुप लिएको हो ।
शनिबारबाट शुरु भएको अधिवेशनको लागी सबारी साधन, खाना बस्न आदी खर्च लाग्ने भन्दै जिल्लाका व्यवपारिक प्रतिष्ठान, व्यवसायी, म्यानपावर तथा सरकारी निकायमा नेबिसंघले जवजस्ती चन्दा माग गरेका हुन ।
धरानमा चन्द्रशुन्दर खेवाङ, इटहरीमा बिकास केसी, दुहबीमा बिनय दाहाल र इनरुवामा मनोज यादव नेतृत्वको टोलीले महाधिवेशनको लागी चन्दा उठाएको आरोप छ । पार्टीको निति बिपरित उनिहरुले व्यवसायी, डिपाटमेन्टल स्टोर, ट्रक संघ, बस्तुगत संघ, म्यानपावर, अस्पताल लगायतका बिभिन्न प्रतिष्ठान तथा व्यक्तिहरुबाट लाखौ रकम चन्दा उठाएको बताइएको छ ।
चन्दा रसिदमा नेबिसंघ सुनसरी सभापतिमा सुनिल साहको नाममा रहेको छ । साहको नाममा रहेको रसिद चन्द्रशुन्दर खेवाङले पनि प्रयोग गरेका छन् ।
जिल्लाका केही व्यवसायी तथा व्यवसायी प्रतिष्ठानमा जबरजस्ती रुपमा रकम माग गरिएको थियो । ‘मनखुशी चन्दा माग भएको छ’, धरान उद्योग बाणिज्य संघका एक सदस्यले भने, ‘ दिनको ५ हजार कमाउने एउटा व्यवसायीबाट १५ हजार रुपयौ चन्दा स्वरुप पैसा लगिएको छ । के गर्नु १२–१३ जना युवाको समुह आउछन् दिन्न भन्न पनि सकिन्न, मनपरी छ ।
धरानमा एक पान पसलबाट समेत १५ सय रुपैया चन्दा उठाइएको ति व्यवसायीको दाबी छ ।
इटहरीमा पनि बिकास केसी नेतृत्वको टोलीले लाखौ रकम अधिवेशनको लागी चन्दा उठाएको आरोप छ । केसी स्वयम आफै चन्दा उठाउन आएको इटहरीका व्यवसायीको दाबी छ ।
इटहरीका व्यवसायी तथा संस्थागत संगठनमा समेत चन्दा उठाइएको छ ।

नेबिसंघ सुनसरीका पूर्व सभापति समेत रहेका बिकास केसीले आफुले कसैसँग पनि एक रुपयौ नउठाएको दाबी गरे । ‘म पनि उम्मेदवार हुँ, मलाई माया गर्ने एक दुई जना साथीहरुले ऋण गरेर पैसा काठमाडौ पठाइदिएका छन्’, उनले भने, ‘ यो बिषयमा जानकारी छैन । ’
यता नेबिसंघ सुनसरी जिल्ला सचिव मन्दिप भट्टराईले भने इटहरीमा अधिबेशनको लागी चन्दा उठाएको स्वीकारे ।

Press Begapte
‘हामीले रसिद प्रयोग गरेर २०–३० हजार रुपयौ उठाएका हौ’उनले भने , ‘अरुले व्यतिगत रुपमा उठाएको हामी जान्दैनौं ।’
इटहरी उघोग बाणिज्य संघका अध्यक्ष लिलिम बस्नेतले पनि बजारमा केही व्यवयासीले आफुलाई गुनासो पोखेको बताउदै यस बिषयमा आफुले बुझने बताए ।
यस्तै दुहबी र इनरुवामा समेत व्यवसायीहरुबाट चन्दा उठाइएको त्यस क्षेत्रका व्यवासायीले बताएका छन् ।
पहिले कारबाही गर्ने चेतावनी दिने कांग्रेस जिल्ला कमिटी अहिले भने जिल्ला भित्र व्यापक रुपमा चन्दा उठाउदा समेत अनिभिज्ञता प्रकट गर्छन् ।

‘हामीलाई यस बिषयमा जानकारी छैन,’ कांग्रेस सुनसरी सचिव केदार भण्डारीले भने , ‘साथीहरुले चन्दा उठाएको भए हामीलाई जानकारी हुन्थ्यो ।’ratopati

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर