Aamsanchar

फेशन शो हो कि, राष्ट्रको औपचारिक कार्यक्रम ?

Author Image
आइतवार, साउन २३, २०७३

dipendra
[दिपेन्द्र भट्टराई ]

बिश्वमा हरेक मुलुकको पहिचान गराउनका लागि त्यस मुलुकको राष्ट्रिय चिन्हले भूमिका खेलेको हुन्छ । राष्ट्रिय चिन्हहरुका अलावा पहिचानका लागि प्रत्येक मुलुकले आफ्नो राष्ट्रिय औपचारिक पोशाकको समेत तय यरेको हुन्छ । नेपालको राष्ट्रिय पोशाकको आफ्नैं पहिचान र महत्व थियो, छ र रहिरहनेछ । हुन त आधुनिक नेपालमा लोग्ने मान्छेले लगाउने भोटो, दौरा, सुरुवाल टोपी र स्वस्नीमान्छेले लगाउने सारी, तथा चौबन्दी चोलोलाइ एक जाति विशेषको मात्रै पोशाक हो भन्ने बिजारोपण गरिएको छ । यति हुक्दा हुदै पनि अहिले सम्म यस पोशाकलाइ राष्ट्रिय पोशाकका रूपमा नै सबै नेपालीहरूले स्विकार गरेको कुरा नकार्न सकिन्न ।
नेपाली संस्कृतिको उत्पत्ति वैदिककालबाट नैं अभिप्रेरित रहेको कुरा स्पष्ट छ । नेपाली पोशाकका बारेमा प्रकाशित बिभीन्न लेखहरूबाट यसको मौलिक महत्वका बारेमा स्पष्ट भइरहेको हामि पाउाछौ । भेष–भूषालाई राष्ट्रको सांस्कृतिक अंङ्गको रुपमा लिइन्छ । जुन सुकै राष्ट्रमा पनि उक्त राष्ट्रको मौलिक सास्कृति झल्कने खालको राष्ट्रिय पोशाकका बारेमा उक्त राष्ट्रको संविधानमा नै सुव्यवस्थित गरिएको हुनु पर्दछ । तर बिडम्बना हाम्रो सास्कृति, सभ्यता, नेपालीपन, गोर्खालीको पहिचान, शान, गौरव भनेर उपमा पाएको नेपाली टोपी तथा दौरा सुरुवालले जारि भएको नयाा संविधानमा स्थान पाउन सकेन । नेपाली पोशाकमा सजियर संविधान सभामा उपस्थित रहेका माननिय सभासद् हरूले समेत नेपाली पोशाकको विपक्षमा भोट गरि यस मौलिक पहिचान बोकेको पोशाकको खिल्ली उडाय । अझ बाबुराम भट्टराईको सरकारले त यसको देहावसान नै गरायो । आफुलाइ राष्ट्रवादि भनेर व्याख्या गर्ने नेताहरू लगायत नेपाली पोशाकमा सजियका प्रधानमन्त्रि तथा सभामुख समेत नेपाली पोशाकको शव यात्रामा सरिक भएका छन् ।
दौरा सुरुवाल र गुन्यूचोलीलाई बाहुन, क्षेत्री र पहाडेको पोशाक भनेर किन मनमा शंका र विऽोहजन्माउनु पर्यो । शाहि कालिन समयमा ओहोद र पदमा हुादा मधेसी तथा आदिवासी जो सुकैले उक्त पोशाक लगाउादा नेपाली पोशाक हुने तर वर्तमान समयमा उक्त पोशाक एउटा जाति विशेषको पोशाक कसरि हुन पुग्यो ? के यो नेपाली पोशाक हो भनेर मात्रै चिने हुदौन र ? “राष्ट्रियता मन भित्र हुन्छ पोशाकमा हुदैन” भन्दै भख्खरै प्रचण्ड सरकारका उपप्रधान तथा गृह मन्त्रि बिमलेन्द्र निधिले राष्ट्रिय औपचारिक कार्यक्रममा टाई सुटमा शपथ लिए । प्रचण्डले टाई नलगाई भात गाउाले टोपी संगै सुटमा मात्र प्रधान मन्त्रिको शपथ लिए भने, त्यही शपथ कार्यक्रममा रमेश लेखकले दौरा सुरुवाल भात गाउाले टोपी लगाई नेपाली राष्ट्रि पहिचानको पोशाकमा मन्त्रिको शपथ लिए । शपथ गराउने राष्ट्रिपति , पूर्व प्रधानमन्त्रि, सभामुख तथा अन्य सबै उच्च पदस्थ अधिकारीहरु औपचारिक पोशाकमानै सजिएका थिए । हेर्द लाग्थियो यो समारोह राष्ट्रको अति औपचारिक कार्यक्रम नभएर ड्रेस डिजाइनरको “फेसन सो” पो होकी !
नेपाली पोशाकका बारेमा दिर्घराज प्रसाइले लेखेको एउटा लेखमा यसको महत्वका बिबीध विषयहरू समेटियको थियो । उक्त लेखमा नेपाली पोशाक विक्रम संवत् भन्दा एकहजार वर्षपूर्व विकास भइआएको कुरा लेखकले प्रष्ट पारेका छन । लोग्ने मान्छेले लगाउने भोटो, दौरा, सुरुवाल टोपी र स्वस्नीमान्छेले लगाउने ठूलो सारी, चोलो स्त्री–पुरुष दुबैले लगाइएको पाइन्छ । महिलाहरूले प्रयोग गर्ने सारी चोलो शरीरको आकृति अनुसार सलक्क पारेर लगाउने आ–आफ्नै तरिका छ । नेपाली भेषहरु सांस्कृति आधारमा बनेकाले हर नेपालीले हाम्रा पहिचानलाई ब्यापक बनाउन सगौरव ठान्छन् । टोपीको माथिल्लो भाग सगरमाथा स्वरुपको हिमालयको प्रतीक हो भने ढाकाका विभिन्न बुटाहरु हाम्रो मुलुकको विविधताको प्रतिक हो जसको महत्व विश्वले बुझेको छ । तर हाम्रा नेताहरु यस मुलुकको पहिचानलाई मेटाउन उद्धत देखएका छन् ।
हो, नेपालका विभिन्न क्षेत्रमा अनेकौ जाति जनजाती, संस्कृति परम्परा, सामाजिक मान्यता, भौगोलिक जलवायुको हिसावले टोपी, दौरा–सुरुवालको प्रयोग हिमालक्षेत्रमा र तराईक्षेत्रमा पनि अप्ठारो पर्नसक्छ । त्यसको लागि आ–आफ्नै आवश्यकता र परम्परागत भेषभूषालाई ग्रहण गरिनु त्यसलाई बेठीक भन्न मिल्दैन । संसद एक राष्ट्रिय विधायक भएकाले त्यसको औपचारिक कार्यक्रम बाहेक दैनिक उपस्थितिमा विविध स्वरुपमा विभिन्न जाती जनजातीका पहिरन लगाएर इच्छुक जनप्रतिनिधिहरुले प्रतिनिधित्व गर्न पाउनको लागि राज्यले नैं वैधानिकता दिन सक्छ । तर आफूखुसी विदेशी सर्ट–पाइन्ट, टाई, लुङ्गी, कुर्था–पाइजामाहरु जस्ता पोशाक लगाएर औपचारिक कार्यक्रमहरुमा जाने धृष्टता गर्नु भनेको आफ्नै अपमान हो । तर स्वदेश विदेशमा हुने राष्ट्रिय औपचारिक कार्यक्रमहरुमा टोपी, दौरा–सुरुवाललाई ग्रहण गरेर नेपालको पहिचान प्रस्तुत गर्न सक्नु सबैको लागि गौरवको कुरा हो ।
नेपालको राष्ट्रिय पोशाक बारेमा धार्मिक तथा तान्त्रिक मतको आधारमा ठूलो महत्व छ । संकट मोचनको हेतुले अष्ठ मात्रृकाका प्रतिकात्मक आठ टुक्रा ९ कल्ली छााटी भोटो, चोलो, दौरा, सुरुवाल, जामा, लुगाहरु सिलाउने हाम्रो मौलिक परम्परा छ । सुरुवाल पनि पञ्च भैरवका प्रतीक पााच टुक्रामा गाासी सिलाई शुभमुहुर्तमा धारण गर्ने गरिन्छ । नेपालको मौलिक राष्ट्रिय पोशाक र भेषको महत्व अन्तराष्ट्रिय जगतमा पनि चर्चित छ । हाम्रा कलात्मक दौरा सुरुवालमा चिटिक्क सजिएको राष्ट्रिय झण्डाको अंश बोकेको कोट र सगरमाथाको चिन्ह स्वरुप झल्काने टोपी नेपाली राष्ट्रियता र पहिचानको गरिमा हो ।
मुलुकको संस्कृतिको पहिचानको रुपमा राष्ट्रिय पोशाकले हैसियत राख्दछ । दौरा, सुरुवाल तथा गुन्यु चोलि काठमाण्डौंमा मात्र नभएर पूर्व पश्चिम तथा अन्य विविध भागमा सर्वसाधरण नेपालीहरूले स्विकारेको पहिरन हो, जुन त्यहाा संस्कृति बनिसकेको छ । मुलुक हाक्ने नेताहरु प्रधानमंत्री, मंत्री बने पनि उनीहरुलाई सर्ट र टाई लगाउन संकोच भएन । तर नेपाली पहिरन स्वीकार्य भएन उनीहरुलाई । मुलुकको प्रधानमन्त्रिको शपथ लिने प्रचण्ड र उहााको टीमले राष्ट्रिय महत्वको सपथग्रहण कार्यक्रममा राष्ट्रिय पोशाक ग्रहण गरेको भए र तराईका केही मदेशी नेताहरुले औपचारिक कार्यक्रममा राष्ट्रिय पोशाक ग्रहण गरेको अवस्थामा उनीहरुको प्रतिष्ठा अरु बढ्थ्यो, घट्दैन थियो ।
विदेशीको इशारामा केन्ऽीत केहि नेतागणहरुलाई दौरा–सुरुवाल तथा नेपाली टोपि प्रति घृणा छ । दौरा सुरुवाल तथा ढाका टोपी होस् या भाद गाउाले कालो नेपाली टोपी होस वा महिलाले लगाउने गुन्यु चोलि होस् संसारमा नेपाली जातिले मात्र लगाउने मौलिक पहिचान हो यो । यसलाइृ दैनिक लगाउने चलन कम छ तर औपचारिक काम, समारोह र पर्वमा यसको प्रयोगले व्यक्तिप्रतिको आदर, सम्मान र गरिमाको व्यख्या गरेको हुन्छ, विशेषगरि हाम्रा पुर्वजहरूले यसको आफु अनुकुल उपयोग गरि आएको हामि पाउाछौ । स्मरणिय कुरा के छ भने अन्तराष्ट्रिय उत्सव समारोहमा जातीय पोशाक र स्थानीय जातीय भाषालाई उभ्याएर नेपालका स्वघोषित परिवर्तनकारि, जातिवादी तथा मधेसवादीनेताहरु एउटा कार्टुनको रुपमा चिनिएलान् तर राष्ट्रभाषा र राष्ट्रिय पोशाकको प्रस्तुतिले उनीहरुको छविमा सुनमा सुगन्ध थपि अरू आकर्षण दिनेछ । पुरूषले धोती–कुर्था, कमिजलगाएर मुडुलो टाउको देखाउाद ैतथा महिलाले कुर्था सुरूवाल लगायर राष्ट्रिय–अन्तराष्ट्रिय औपचारिक कार्यक्रममा उपस्थित हुनु भारतीय पोशाकको पहिचान देखाउनु हो र बख्खु लगाएर उपस्थिति हुनु भनेको भुटानीको उपस्थिति हो । त्यसैले राष्ट्रिय पोशाक कतिपय जाति–जनजाती नेताहरुलाई अप्ठयारो लागेता पनि सिङ्गोदेशको पहिचानको कदर हुनु आफैमा महानता हुन्छ ।
तराई र हिमाली क्षेत्रमा सजिलोका लागि कही धोती, लुङ्गी, कमेज र बख्खु आदि लगाउने अवस्था आएता पनि दौरा,सुरुवाल कोट, टोपी सबैतिर बाह्रै महिना प्रयोगमा असजिलो जस्तो भएता पनि कुनै पनि औपचारिक कार्यक्रममा राष्ट्रिय पोशाक सबैको लागि प्रतिष्ठाको विषय बनेकोछ र बन्नुपर्छ । नेपालीहरुलाई आफ्नैं देशको भेष चाहिन्छ । राष्ट्रिय मौलिक भेषले नेपालीहरुको पहिचान खुलेको छ । दार्जेलिङ्गको नेपाली पोशाकको आन्दोलनले भारतमा चमत्कार नै गरेको सर्व्विदीतै छ । राष्ट्रिय पोशाक भनेको राष्ट्रिय औपचारिक समारोहमा लगाउनुपर्ने पोशाक हो । देशको प्रतिनिधित्व गर्दै विश्वका विभिन्न देशको औपचारिक निम्तोमा अन्तराष्ट्रिय सम्मेलन महोत्सवमा जाादा नेपाल र नेपालीको पहिचानका निम्ति लगाउने आफ्नो देशको राष्ट्रिय पोशाक हो । राष्ट्रप्रमुख तथा सरकार प्रमुखको औपचारिक वा राजकीय भ्रमणमा आफ्नो राष्ट्रको इज्जतको लागि राष्ट्रिय पोशाक अनिवार्य हुन्छ । तर औपचारिक, राजकीय भ्रमणमा तीन जना नेपाली पदाधिकारीको तीनथरीको भयो भने यसभन्दा लाजमर्दो केही हुादैन ।
नेपालका राजाहरु त्रिभूवन, राजा महेन्ऽ, राजा वीरेन्ऽ लगायत राणा प्रधानमंत्रीहरु र प्रजातन्त्रको उदय पछिका मात्रृकाप्रसाद कोइराला, बीपी कोइराला, टंकप्रसाद आचार्य, डा। के आई सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, सूर्यबहादर थापा, लोकेन्ऽबहादुर चन्द, मनमोहन अधिकारी लगायत सासदका अध्यक्ष, सभामूख, मंत्रीहरु र संवैधानिक प्रमुख र सदस्यहरु एवं कांग्रेस, एमाले लगायत सबै पार्टीका अगुवाहरुले राष्ट्रिय पोशाकबाट सजिएर स्वदेश–विदेश लगायत औपचारिक कार्यक्रमहरुमा सगौरव प्रस्तुत भएका थिए ।
माओवादिहरू मुलधारमा सरिक भएको जनआन्दोलनपछि राष्ट्रिय पोशाक र पहिचानहरु माथिको आस्थामा अन्योल बढाउने जुन कार्य अगुवाहरुबाटनैं हुदै आइरहेको छ, त्यसबाट कुनै नेपालीको हितमा कार्य भएको छ भन्न सकिदैन । हरेक नेपाली स्वदेश वा विदेशमा जो जहाा रहन्छौं अरुबेला जुनसुकै पोशाक लगाएता पनि स्वदेश, विदेशका कुनै पनि औपचारिक कार्यक्रमहरुमा राष्ट्रिय पोशाक दौरा–सुरुवाल टोपीलाई सगौरव ग्रहण गर्नु हामी नेपालीहरुको कर्तव्य हो । राष्ट्रिय पहिचानको रुपमा स्थापित आफ्ना पहिचान, मौलिकता भाषा, भेष–भुषा तथा राष्ट्रिय पोशाकलाई हामी सबै नेपालीले बिना विवाद संविधानमा नै सुव्यवस्थित गर्नका लागि पहल गर्नु हामी र हाम्रो देशको हितमा हुन्छ । हाम्रो राष्ट्रको स्थापित पहिचानको कदर गर्दै संरक्षण गर्नु हामी सबै राष्ट्रप्रेमी नेपालीहरूको पहिलो कर्तव्य भएको कुरा बुझ्न जरूरि छ ।
लेखक कानुन व्यवसायी(अधिवक्ता) हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 255

प्रतिक्रिया (०)

सम्बन्धित खबर