Aamsanchar

दिक्तेल–हलेसी सडक तीन महिनापछि सञ्चालन

Author Image
सोमवार, साउन २४, २०७३

खोटाङ।

01072016010124road-1000x0

वर्षात् सुरु भएसँगै अवरुद्ध बनेको दिक्तेल–हलेसी सडक करिब तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । गत जेठ दोस्रो साताबाट पूर्णरुपमा अवरुद्ध उक्त सडक मर्मतपछि पुनः सुचारु भएको हो ।

वर्षात्को पानीले हिलाम्मे तथा खाल्डाखुल्डी भएको सडक मर्मतपछि सञ्चालनमा आएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले जानकारी दिनुभयो । राजधानी काठमाडौँ तथा तराईका जिल्ला जोड्ने प्रमुख मार्ग दिक्तेल–हलेसी सडक सुचारु भएपछि यात्रु तथा जिल्लाका व्यवसायीलाई सहज भएको छ ।

ठाउँठाउँमा पहिरो खस्नुका साथै भल बाढीले बनाएको खाल्डो पुरेर सञ्चालनमा ल्याइएको यातायात व्यवसायीले जनाएका छन् । मध्य पहाडी लोकमार्गमा पर्ने दिक्तेल–हलेसी सडक कालोपत्रेको जिम्मा लिएका ठेकेदार कम्पनीले मर्मत गरेको हो ।

सडक सञ्चालनमा आएसँगै जिल्लाबाट जयरामघाटसम्म सिधा यातायात सेवा सञ्चालन भएको यातायात व्यवसायी सङ्घले जनाएको छ । यसअघि सडक अवरुद्ध हुँदा सहर जाने र आउने सर्वसाधारण तथा सामान ढुवानी गर्ने व्यापारीलाई समस्या भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर