Aamsanchar

झापाबाट एक वर्षमा १७६८३ लाई नागरिकता

Author Image
सोमवार, साउन २४, २०७३

भद्रपुर ।

जिल्ला प्रशासन कार्यालय झापाले आर्थिक वर्ष २०७२÷७३ मा वंशजतर्फ १७ हजार ६८३ वटा नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको छ ।

सोही अवधिमा जिप्रकाले २८९ वटा वैवाहिक सम्बन्धका नेपाली नागरिकता र सात हजार ७२४ वटा प्रतिलिपि वितरण ग¥यो ।

यसैगरी, कार्यालयले सो अवधिमा विभिन्न शीर्षकमा रु १० करोड २३ लाख १० हजार राजस्व सङ्कलन गरेको लेखापाल मणिकुमार दाहालले बताउनुभयो ।

राहदानीबाट रु १० करोड १० हजार, हातहतियार नवीकरणबाट रु दुई लाख २३ हजार ५५०, न्यायिक दस्तुरबाट रु सात लाख ६० हजार ५५४, परिषद् दस्तुरबाट रु पाँच हजार ६००, प्रशासनिक सेवा शुल्क रु नौ लाख ७२ हजार ९० र दण्ड जरिवाना रु एक लाख ४३ हजार १५० सङ्कलन गरिएको हो ।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर