Aamsanchar

पर्यटन स्थलले परिचित सुखानीमा पर्यटक बढ्दै

Author Image
मङ्गलवार, साउन २५, २०७३

अमित खम्बू् ,शनिश्चरे।

Jolunge Pool

झापाको शनिअर्जुन नगरपालिका–७ सालबाडीस्थित पर्यटन स्थलकोरुपमा परिचित सुखानी शहीद स्मृती उद्यान आउने पर्यटकको संख्यामा वृद्धी भएको छ । सुखानी शहीद स्मृती प्रतिष्ठान नेपालको प्रवद्र्धनमा २०७० साल चैतबाट सञ्चालनमा ल्याइएको सो उद्यानमा अध्धयन तथा अवलोकनका लागि आउने पर्यटकको संख्या गत आर्थिक वर्ष ०७२÷०७३मा ५६ प्रतिशतले वृद्धी भएको उद्यान व्यवस्थापन समितिका सदस्य सचिव रमेश भट्टराई बताउँछन् ।
उनको अनुसार ०७०÷०७१मा १३,५०४ जना, ०७१÷०७२मा ४६,१२३ जना पर्यटक उद्यानमा आएका थिए । उनी भन्छन्– यसरी पर्यटकको संख्यामा वृद्धी हुनुको मुख्य कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यसको प्रचार प्रसार नै हो । जिल्लाको नमुना वनले परिचित वन परिसरको २२.४ हेक्टर क्षेत्रफल जग्गामा रहेको सो स्थलमा तत्कालिन झापा विद्रोहको क्रममा पक्राउ परेका र इलाम कारागार सार्ने क्रममा सुखानीमा मारिएका पाँच जना शहीदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, विरेनसिंह राजवंशी, कृष्ण कुँइकेल र नारायण श्रेष्ठको पूर्ण कदको शालिक, भीमसेन पोखरी, ढुंगा शयर, कछुवा संरुक्षण तथा उद्धार केन्द्र, कछुवा सम्बन्धी अध्धयन केन्द्र, सामुदायिक भवन, वनभोज स्थल, बाल उद्यानसँगै हालै निर्माण कार्य अन्तिम चरणमा पुगेको झोलुङ्गे पुललगायत रहेको छ ।Kachuwa Pratima
आगामी दिनमा समितिले पर्यटन प्रवद्र्धनका लागि ध्यान केन्द्रको स्थापना, स्वीमिङ पुल निर्माण लगायत थप आवश्यक योजनाहरु पनि सञ्चालनमा ल्याउन लागेको समितिका सदस्य सचिव भट्टराईले जानकारी गराए । त्यसैगरी स्वास्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक पुण्य रिमाल विद्यार्थीहरुलाई इतिहासका विषयमा जानकारी गराउन र वातावरणमा प्राप्त हुने विषयवस्तुबारे नजिकबाट अध्यापन गराउन पनि उद्यान उपयुक्त स्थल भएको उनी स्वीकार्छन् ।
उद्यानको गत आर्थिक वर्षको आम्दानीः
गत आर्थिक वर्षबाट प्रवेश शुल्क १५ रुपैयाँ निर्धारण गरेको उद्यान व्यवस्थापन समितिले प्रवेश शुल्कबाट १२ लाख ३४ हजार आठ सय रुपैयाँ, ढुंगा शयरबाट दुई लाख ३२ हजार आठ सय ९४ रुपैयाँ, ४२३ वटा वनभोज समूहबाट एक लाख ६९ हजार पाँच सय ४५ रुपैयाँ, पोखरीमा मत्सय पालन भाडाबाट एक लाख रुपैयाँ, बाल उद्यानबाट ५१ हजार रुपैयाँ, सामुदायिक भवन हल भाडाबाट छ हजार नौ सय रुपैयाँ संकलन भएको छ ।
हालसम्म उद्यानमा आउने प्रमुख व्यक्तित्वहरुः

Sahid Salikपर्यटकसँगै उद्यानमा हुने विभिन्न कार्यक्रम तथा अवलोकनको लागि विभिन्न समयमा देशका प्रमुख व्यक्तित्वहरुको पनि आगमन हुने गरेको छ । जसमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिष्ठानका संरक्षक एवम् वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, मन्त्रीहरु, सांसद्हरुलगायतले उद्यानको अवलोकन गरेको उपस्थित पुस्तिकामा उल्लेख भएको पाइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर