Aamsanchar

पहिराले नौ परिवार विस्थापित

Author Image
मङ्गलवार, साउन २५, २०७३

इलाम ।

pahiro-budhi-koshi

एकसाता अघि परेको वर्षाका कारण पहिरो जाँदा पूर्वी इलामको इरौटार र जिर्मले गाविसका नौ परिवार पूर्णरूपमा विस्थापित भएका छन् ।
जिर्मले–५ को ठूलो खोलाको पहिरोले छ परिवार विस्थापित भएका छन् । विस्थापित हुनेमा अमृतमान राई, भीमकुमारी राई, अमृता राई, भुपेन राई, देवी सापकोटा र विक्रम राईको परिवार रहेका छन् ।

पहिरोको बीचबाट मूल फुटेर पानी बगिरहेको स्थानीय गोविन्द पौडेलले जानकारी दिनुभयो । पहिरोबाट अमरबहादुर राई, भक्तलाल राई, रमेश राई, उमेश राई, कुलबहादुर राई, टेकबहादुर खड्का, सञ्जीव राईका घर जोखिममा परेका छन् ।  इरौटार–३ मा गएको पहिरोले भीमबहादुर मगर, बलबहादुर मगर र यामबहादुर मगरका परिवार विस्थापित भएका छन् । इरौटारको पहिरोबाट पनि लेदो निस्किरहेको छ ।

पहिरो गएको आसपास र माथिल्लो क्षेत्र पनि चिरा परेकाले पहिरो पुनः जाने सम्भावना रहेको बताइएको छ । पहिरोबाट धनराज मगर, ठालुमान बस्नेत, टेकबहादुर मगर, टङ्क बस्नेत, दिलबहादुर राई र भुवन बस्नेतका घर जोखिममा परेका हुन् । विस्थापित परिवार आफन्तकामा शरण लिएर बसेका छन् ।

पहिरोग्रस्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहितको टोलीले स्थलगत अनुगमन गरेर पहिरो आसपासमा नबस्न आह्वान समेत गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर