Aamsanchar

दानाबारीको विकास लागि महोत्सव

Author Image
मङ्गलवार, साउन २५, २०७३

दानाबारी,

Ilam

इलाम दानाबारी–३ मा अवस्थित सुखानी सहिद पार्क समितिले पर्यटकीय क्षेत्रको रुपमा देशव्यापी चिरपरिचित गराउने उदेश्यले पर्यटन महोसत्व गराउने निष्कर्ष निकालेको छ ।

लामो समय सम्म ओझेलमा परेको पाँच सहिदको साहदत स्थललाइ देशव्यापी प्रचारपसार गराउदै महोत्सवको आयस्रोत बाट विकास गर्ने उदेश्यले सहिद पार्क कार्य समिति,स्थानीय राजनैतिक दल,स्थानीयबासी महोत्सव लगाउने निष्कषमा निकालेको हो । ऐतिहासिक भूमि समेत रहेको पाँच सहिदको साहदत स्थल दानावारी–३ मा आयोजित कार्यक्रममा करिब ३ घण्टा चलेको छलफलमा सहिद पार्क कार्य समिति,स्थानीय राजनैतिक दल,स्थानीयबासी सो निष्कर्ष निकालेका हुन् ।
सुखानी सहिद पार्क समितिका अध्यक्ष महेन्द्र बुडाथोकीको अध्यक्षतामा सम्पन्न सो भेलामा नेपाली काग्रेस खुदुनाबारीका प्रतिनिधि भुवानी अधिकारी,नेकपा माओवादी केन्द्र खुदुनाबारीका प्रतिनिधि टिका उप्रेती,जुकेखाडी सामुदायिक वनका कार्यसमिति सदस्य भीम प्रसाद गौतम,ससस्त्र वेस क्याम्प खुदुनाबारीका ईन्चार्ज प्रभात गौतम,युवा समाजसेवी होम दुलाल,अमर परियार सुखानी पार्कका सल्लाकार धनबहादुर तामाङ,बृद्धिजिवि लोकनाथ खतिवडा,पत्रकार सागर गौतम लगायतले आ–आफनो धारणा राखेका थिए ।

सुखानी सहिद पार्क कार्य समितिले पत्र काटेपनि खुदुनाबारी एमाले पार्टी र दानाबारी एमाले सहित काग्रेस पार्टीबाट कुनै पनि प्रतिनिधि उपस्थितीे सुखानी सहिद पार्क कार्य समितिले जनाएको छ । चाँडै वृहत छलफल राख्दै खुदुनाबारी,दानाबारी लगायतका राजनैतिक दल,नागरिक समाज,वृद्धिजिवि,संघसंस्था,व्यापारी,उद्योगीको महोसत्व लगाउने विषयमा धारणा लिई अगाडि बढ्ने अध्यक्ष बुडाथोकीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)