Aamsanchar

युवतीले खोलामा हामफालिन्, अवस्था अज्ञात

Author Image
मङ्गलवार, साउन २५, २०७३

kushma-suspension-bridge-in-nepal-Modi-445x300

फलेवास (पर्वत) ।

पर्वत सदरमुकाम कुश्माबजार नजिकै रहेको मोदीखोलामा हाम फालेर बेपत्ता भएकी युवतीको अवस्था अझै अज्ञात रहेको छ ।

तीनदिन अघि मोदीखोलामा हाम फालेकी सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया यशोदा थापाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । उनी आइतबार बिहान हाम फालेकी थिइन् ।

दक्षिण बागलुङको जैदी गाविस घर भई कुश्मा नगरपालिका–९ मेलमिलापचोकमा डेरा गरी बस्ने थापाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । निरन्तरको वर्षाले मोदीखोलाको बहाव उच्च भएकाले पनि खोजीकार्यमा कठिनाइ भएको छ ।

मोदीखोला माथि रहेको मुलुककै अग्लो कुश्मा–ज्ञादी झोलुङ्गे पुल नजिकैबाट उनी हाम फालेको देखेपछि प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए ।

उनी हामफालेको स्थानबाट रु तीन हजार ६०० नगदसहित उनले प्रयोग गर्दै आएको सामसुङ मोबाइल सेट फेला परेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले खोला किनारमा खोजतलास जारी राखेको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर