Aamsanchar

अरुणाञ्चलका पूर्व मुख्यमन्त्री पुल मृत फेला,आत्महत्याको आशंका

Author Image
मङ्गलवार, साउन २५, २०७३

टानगर (भारत)।

भारतीय कँग्रेसबाट विद्रोह गरी केही समय अरुणाञ्चल प्रदेशको मुख्य मन्त्रीका रुपमा कामगर्नुभएका नेता कलिखो पुलले आत्महत्या गरको बताइएको छ ।

आफ्नै सयन कक्षमा सिलिङ् झुन्डिएर आत्महत्या गरेको अवस्थामा मङ्गलबार बिहान उहाँको लाश भेटिएको उहाँकी तीन श्रीमतीमध्ये एक श्रीमतीले भेटेको भारतीय सञ्चारमाध्यममा जनाइएकोे छ । पुलका तीन श्रीमती र चार छोराछोरी छन् ।

पूर्व मुख्यमन्त्री पुलको मृत्युभएको खवर सञ्चारमाध्यमममा आएपछि भारतको सत्ताधारी दलहरु र विपक्षी सांसद्, पुलका अन्यसाथी र शुभचिन्तक उहाँ बस्ने गरेको घरमा पुगेका थिए ।

उहाँले मृत्यु (आत्महत्या)को कारण समाचार संकलन गर्दासम्म खुल्न सकेको छैन ।

पुलले यही वर्ष फेबु्रअरी १९ मा मुख्यमन्त्री बनी छोटो समयको लागि राज्य सरकारको नेतृत्व सम्हाल्नुभएको थियो ।

जुलाईमा भारतीय उच्च अदालतले नबाम तुकीलाई पुनःवहाली गरेपछि पुल मुख्यमन्त्रीको पदबाट हट्नुभएको थियो ।

तर पछि टुकीले राज्य सरकारको दशौँ मुख्य मन्त्रीमा उहाँकै दलका अर्को नेता पेमा खाँडुलाई मुख्य मन्त्री बन्न समर्थन गर्दै राजिनामा दिनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर