Aamsanchar

झापामा सरुवा रोगको जोखिम उच्च

Author Image
बुधवार, साउन २६, २०७३

नरेन्द्र ढकाल, झापा ।

man-and-woman-sneezing
झापामा सरुवा रोगको उच्च जोखिम रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । सरुवा रोगका कारण धेरै झापाली विरामी पर्ने गरेको जिल्ला जनस्वास्थय कार्यालयको तथ्याङ्कले पुष्टि गरेको छ । गत आर्थिक वर्ष २०७२र ७३ को तथ्याङ्कमा झापामा टाइफाइटका कारण १५ हजार ७२१ जना बिरामी परेका थिए भने पानी जन्य रोग झापा पखलाका कारण २१ हजार ७२७ जना बिरामी परेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी वेदप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार जुकाका कारण २१ हजार ८०२, जन्डिसका कारण दुई हजार २७०, टिभीका कारण एक हजार १७५, कुष्ठरोगका कारण १८३ जना ब्यक्ति विरामी परेको सुचना अधिकारी घिमिरेले बताएका छन् । त्यस्तै कालाज्वरोका कारण ८, औलोका कारण ४५, डेङ्गुका कारण एक, मेनेन्जाइटिसका कारण १२, हेपटाइटिस (ए) का कारण ३१ र हेपटाइटिस (ई) का कारण ७६ जना ब्यक्ति विरामी परेको जिल्ला जनस्वास्थय कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । खानपिनमा ध्यान नदिदाँ तथा वातावरण प्रदुषित हुदैं गएका कारण पनि वर्षेनी झापामा सरुवा रोगको संक्रमण बढेको चिकित्सकहरुले बताएका छन् ।
झापामा नसर्ने रोगले जटिल रुप लिइरहेका बेला सरुवा रोगको जोखिम पनि उस्तै पाइएको हो । मानिसले आफ्नो स्वास्थयमा ख्याल नगर्दा सरुवा रोगको संक्रमण बढेर गएको सुचना अधिकारी घिमिरेले बताए । उनले भने– मौसममा आएको परिर्वतन तथा खानपिनमा ध्यान नदिदाँ सरुवा रोग पनि बढ्दै गएको छ । आफ्नो स्वास्थ्यको ख्याल गर्ने हो भने सरुवा रोगबाट बचन सकिने डाक्टरहरुको भनाई छ । विशेष गरी बालबालिका र वृद्धवृद्धामा सरुवा रोगको संक्रमण छिटो हुने भएकाले सर्तक हुनुपर्ने चिकित्सकहरुले बताएका छन् ।
यसैबीच चर्को घामका साथै मुलुकभरको मौसममा आएको परिवर्तनका कारण सरुवारोगका बिरामीको संख्या अहिले उच्च रहेको चिकित्सकहरुले बताएका छन् । बर्षाका कारण चिसो हावा चल्नु र तत्कालै चर्को घाम लागी बाहिरी हावाको तापक्रम बढ्ने क्रम तिव्र भएपछि मुलुकभर सरुवा रोगको प्रकोप बढेको हो । पछिल्लो समय झाडापखाला, हैँजा , भाइरल ज्वरो, रुघाखोकी लगायत संक्रमणका भाइरसहरु सक्रिय भएको चिकित्सकले बताएका छन् ।
झापाका अधिकांश क्षेत्रमा हैजाका बिरामी समेत भेटिएका छन् । गर्मी मौसमका कारण अधिकांशमा टाँउको दुख्ने, ज्वरो आउने, बान्ता हुने लगायतका विरामीहरु झापाका अस्पतालमा समेत यस्ता बिरामीको संख्या बढेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका सुचना अधिकारी घिमिरेले जानकारी दिएका छन् । अहिले नै कतिको संख्यामा विरामी भए भन्ने तथ्याङ्क आइ नसकेको भन्दै घिमिरेले सरुवा रोगको विरामीहरु बढीरहेको उल्लेख गरे । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीले अस्पतालका ओपीडीमा दैनिक आउने बिरामी मध्ये ५० पतिशतमा ज्वरो, रुघाखोकी, झाडापखाला लगायतका समस्या देखिएको बताएका छन् । आफ्नो घर वरपर सफा राख्न, उमालेको पानी पिउन तथा पानीमा क्लोरिन झोल तथा ट्याब्लेट राखेर पिउन सरुवारोग महाशाखाले सर्वसाधरणलाई आग्रह गरेको छ ।

झापामा गर्मी अत्याधिक बढेपछि अस्पतालहरुमा बिरामीको संख्या पनि ह्वात्तै बढेको अस्पतालहरुले बताएका छन् । दैनिक जसो सरुवा रोगका बिरामीहरु आउने गरेकोृ जनाइएको छ । यसैबीच चिकित्सकहरुले गर्मी मौसममा छाता ओडेर मात्र हिड्डुल गर्न तथा पानी उमालेर मात्र पिउन सुझाव दिएका छन् । गर्मी मौसममा झापा पखाला तथा अन्य रोगको संक्रमण पनि हुने भएकाले पिउने पानीमा नै ध्यान दिनुपर्ने बताएका छन् । मौसममा आएको परिर्वतन तथा दुषित वातावरण नै सरुवा रोगको कारक भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको राशिफल
बुधवार, पौष १०, २०८१
पोखरामा बेलुन महोत्सव सुरु
मङ्गलवार, पौष ९, २०८१