Aamsanchar

रन्जनको मृत्युको खबरले खेवाङ शोकमा

Author Image
बुधवार, साउन २६, २०७३

ताप्लेजुङ।

12107871_708325489297475_7568255649638992725_n

सोमबार नुवाकोटमा भएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुुुमाएका क्याप्टेन रन्जन लिम्बूको गाउँ ताप्लेजुङको खेवाङ शोकमा डुबेको छ ।

क्याप्टेन लिम्बूको निधनको खबरले गाउँ शोकमा मात्रै डुबेन गाउँकै पहिलो पाइलटसमेत गुमाएको छ । खेवाङमा जन्मिएका लिम्बूको परिवार हाल बेलायतमा पनि बसोबास गर्दै आएको छ भने लिम्बू झापाको धाइजनमा परिवारसहित बस्दै आएका थिए । पढाइमा सानै उमेरदेखि अब्बल रहेका लिम्बूले काठमाडाँैमा ‘ए’ लेभलको पढाइ सकेर पाइलट बन्न अमेरिका गएका थिए । अमेरिकाबाट नेपाल फर्र्किएर जहाज उडाउन थालेका लिम्बूले नेपालमै बसेर केही गर्ने सोच बनाएपनि सपना पूरा नहुँदै धर्ति छाड्नुप¥यो ।

विसं २०४६ असार १० गते जन्मिएका क्याप्टेन लिम्बूले अमेरिकाबाट विमान चालकको कोर्श पूरा गरेर २१ वर्षको उमेरदेखि नै विमान उडाउन थालेका थिए । छोराले उडाएको हेलिकप्टर हरायो भन्नासाथ छोरा पनि रहेन भन्ने अनुमान लगाएका झापामा रहेका उनका बुबा भक्त लिम्बूले केही घन्टामा नै रन्जन नरहेको आधिकारिक खबर पाएका थिए ।

छोराले उडाएको हेलिकप्टर दुर्घटनामा भन्ने खबर पाएदेखि नै झापामा रहेकी क्याप्टेन लिम्बूकी आमा शान्ताकुमारी लिम्बू केही बोल्न सकिरहेकी छैनन् । यस्तै, दुई घन्टापछि मात्रै खेवाङको गहना बनेका रन्जन गुमेको खबर पाएपछि खेवाङमा रहेका आफन्तमा रुवाबासी नै चल्यो भने पूरा गाउँ नै शोकमा डुबेको छ ।

बाबुआमाका कान्छा छोरा रन्जन सानैदेखि हक्की स्वभावका थिए भने परिवारको साथ पनि राम्रै पाएका थिए । उनका बुबा भक्त ब्रिटिस आर्मीमा काम गर्थे । खेवाङबाट रन्जन सानो छँदै झापामा उनको परिवार बसाइँ सरेको थियो । पछि बेलायतमा बसोबासको अनुमति पाएपछि बुबाआमा लगायतका परिवार र अन्य सदस्य बेलायतमै बस्दै आएपनि उनी झापामा नै बस्दै आएको रन्जनका काका गजेन्द्र तुम्याहाङको भनाइ छ ।

उनले उडाएको फिस्टेल एयरको हेलिकप्टर नुवाकोटको बेतिनीमा सोमबार दुर्घटना हुँदा उनीसहित सातजनाको ज्यान गएको थियो । भूकम्पमा परेका पीडितको समेत उद्धारमा सक्रिय बनेका लिम्बूले गोरखाको सिर्दिबासबाट सुत्केरी बिरामीलाई लिएर उपचारका लागि काठमाडाँै जाँदै गर्दा नुवाकोटको बेतिनीको भीरमा दुर्घटना भएको थियो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर