नवलपरासी ।

सर्पले डस्दा नवलपरासीमा एक दम्पत्तिको मृत्यु भएको छ ।

भारतीय सिमावर्ती हरपुर गाविस–८ मुडेराका ३५ वर्षीय शिवशङ्कर हरिजन र उनकी श्रीमती लक्ष्मीनादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरको भुइँतल्लामा सुतिरहेको अवस्थामा गएराति उनीहरुलाई सर्पले डसेको थियो । छिमेकीको सहयोगमा उपचारका लागि दुवैलाई बिहान पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृतक दम्पत्तिको आजै एउटै चितामा दाह संस्कार गरिएको छ । बाबुआमाको मृत्युपछि उनीहरुका दुई छोराको विचल्ली भएको छ ।
Views: 152

