Aamsanchar

कृष्णे खोलामा माछा मार्न गएका युवकको मृत्यु

Author Image
बुधवार, साउन २६, २०७३

karent lagera

दमक ।

झापाको बैगुन्धुरा–५ स्थित कृष्णे खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा स्थानीय एक युवाको मङ्गलबार मृत्यु भएको छ ।

गौरादह–१२ बस्ने २२ वर्षीय मिलन हस्दाको मङ्गलबार माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । माछा मार्न गएका मिलनलाई खोलामा थापेको धरापबाट अचानक करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका उनको उपचारका लागि लाइफलाइन अस्पताल, दमक ल्याउने क्रममा उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 290

प्रतिक्रिया (०)

सम्बन्धित खबर