Aamsanchar

दश क्रान्तिकारी विद्यार्थी सङ्गठनबीचको एकता, नाम अनेरास्ववियु (क्रान्तिकारी)

Author Image
बुधवार, साउन २६, २०७३

aneraswabiu

काठमाडौँ  ।

विभिन्न दश क्रान्तिकारी विद्यार्थी सङ्गठनबीचको एकतापछि विद्यार्थी सङ्गठनको नाम अनेरास्ववियु (क्रान्तिकारी) रहने भएको छ ।

सङ्गठनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी यही साउन १३ भएको राष्ट्रिय एकता भेलापछि भएका महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै नरेन्द्र न्यौपानेको अध्यक्षतामा ९९ सदस्यीय पदाधिकारी चयन गरिएको जानकारी दिएको हो ।

यसैगरी सङ्गठनमा ३३३ सदस्यीय सचिवालय र ९९९ सदस्यीय केन्द्रीय समिति निर्माण गरिएको छ । राष्ट्रिय सम्मेलन आयोजक समितिको रुपमा सोही समितिले आगामी पुस २३ देखि २७ गतेसम्म २१ आँै राष्ट्रिय सम्मेलनको आयोजना समेत गर्ने भएको छ ।

अध्यक्ष न्यौपानेले सङ्गठन सुदृढीकरण र एकता अभियानअन्तर्गत आगामी भदौ १० गतेभित्र प्रदेश एकता भेला, भदौ मसान्तभित्र जिल्ला एकता भेला र असोज १५ गतेभित्र एकाइ एकता भेला गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

यसैगरी सङ्गठनले बाढी र पहिरोपीडितका लागि रु एक लाख ११ हजार १११ सहित स्थापना गरिएको अखिल (क्रान्तिकारी) राहत कोषमा अधिकतम रकम सङ्कलन गरी पीडित परिवारलाई वितरण गर्ने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)