Aamsanchar

अवैध रुपमा बालुवा झिक्ने ३० ट्याक्टर नियन्त्रणमा

Author Image
बुधवार, साउन २६, २०७३

गाईघाट (उदयपुर)।

त्रियुगा र बरुवा नदीबाट रात्रिको समयमा अवैध रुपमा बालुवा उत्खनन गर्न प्रयोग गरिएका ३० वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्रियुगा नगरप्रहरी तथा जिल्ला प्रहरीको गस्ति टोलीले ती टयाक्टर नियन्त्रणमा लिई कारबाहि प्रक्रिया अघि बएको प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका टयाक्टर पहिलो पटकलाई रु पाँच हजार, दोस्रो पटकलाई रु सात हजार ५०० र तेस्रो पटकलाई रु १० हजार जरिवाना गरी कारबाहिको दायरामा ल्याइएको छ । प्रहरीले टयाक्टर नियन्त्रणमा लिई जिविसको जिम्मा लगाउने गरेको छ ।

पछिल्लो समय त्रियुगा र बरुवा नदी क्षेत्रबाट रातिको समयमा व्यापक रुपमा बालुवा, ढुङ्गा चोरी हुन थालेपछि प्रहरीले निगरानी बढाएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर