पथरी (मोरङ)।

कोसी अञ्चल अस्पताल विराटनगरमा सर्पदंशका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

कोसी अञ्चल अस्पतालको आकस्मिक शाखाका इन्चार्ज डा रघुनन्दन अधिकारीका अनुसार दैनिक २० भन्दा बढी सर्पदंशका विरामी उपचारका लागि आउने गरेका छन् ।

साउन महिनामा ५०० भन्दा बढी सर्पदंशका बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ ।


कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रोशन पोखरेलका अनुसार सर्पदंशका ५०० भन्दा बढी र भाइरलका बिमारी झन्डै ८०० को हाराहारीमा महिनामा सेवा लिने गरेका छन् ।
Views: 150

