Aamsanchar

युद्ध अपराध गर्ने पूर्व सांसदलाई मृत्युदण्ड,७ लाई जन्मकैद

Author Image
बुधवार, साउन २६, २०७३

ढाका।

बङ्गलादेशको युद्ध अपराधसम्बन्धी एक विशेष अदालतले यहाँका एक जना पूर्वसांसदलाई मृत्युदण्डको सजाय सुनाएको समाचार छ ।

साथै उक्त अदालतले अरु सातजना राजनीतिकर्मीलाई युद्धअपराध गरेको आरोपमा जन्मकैँदको फैसला सुनाएको समाचारमा जनाइएको छ ।

ती सांसदले सन् १९७१ मा बंगलादेशमा भएको स्वतन्त्रता आन्दोलनमा युद्धअपराध गरेको ठहर सो अदालतले गरेको छ । साथै ती सांसदलाई सघाउने अरु सात जनालाई उक्त अदालतले जन्मकैँदको सजाय सुनाएको हो ।

मृत्युदण्डको सजाय सुनाइएका नेता सेखावत हुसैनले सो स्वतन्त्रता संग्रामको समयमा स्वतन्त्र बङ्गलादेशको पक्षमा लागेका नागरिकको हत्या र ज्यादति गरेका थिए ।

हाल उनी बङ्गलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद एर्सादको पार्टीका नेता थिए । उनी विरुद्ध कैयौँ व्यक्तिको हत्या गरेको अरोप लागेको थियो ।

सो आरोपको सुनुवाई बंगलादेशको राजधानी ढाकामा रहेको युद्धअपराधसम्बन्धी अदालतमा भइरहेको थियो । सो अदालतले उहाँलाई बुधबार दोषी ठहराएको थियो ।

सेखावत हुसैन सन् १९९१ म बङ्गलादेशको सांसद भएका थिए । उनी त्यस समयदेखि नै कैयौं निर्दाेष नागरिकका हत्यारा र बलात्कारीका रुपमा स्वतन्त्रता पक्षधरहरुबीच चित्रित हुँदै आएका थिए ।

सन् २००९ मा शक्तिमा आएपछि बङ्गलादेशका प्रधानमन्त्री सेख हसिना वाजेदले सो युद्ध अपराधसम्बन्धी अदालतको स्थापना गर्नुभएको हो ।

उहाँ बंगलादेशका स्वतन्त्रता सेनानी सेख मुजिबर रहमानी छोरी हुनुहुन्छ । बङ्गलादेशले सुरु गरेको स्वतन्त्रता संग्रामको समयमा भएको आमहत्या, बलात्कार, एवम् कैयौंँ ज्यादतिका विरुद्धमा यस अदालतले कारबाही गर्दै आएको छ । रासस÷सिन्ह्वा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर