Aamsanchar

सम्पत्ति विवरण नबुझाउने १३०० कर्मचारीलाई जरिवाना

Author Image
बुधवार, साउन २६, २०७३

sampati biwaran

काठमाडौँ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आव २०७२÷७३ मा विभिन्न निकायमा नियुक्त भएका एक हजार तीन जना कर्मचारीलाई जनही रु पाँच हजार जरिवाना गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) बमोजिम नियुक्ति पाएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण नबुझाएका ती कर्मचारीलाई जनही रु पाँच हजार जरिवना गराउने निर्णय गरेको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा (१) बमोजिम कुनै पनि निकायमा नियुक्त भएका कर्मचारीले ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने कानुनी प्रावधान छ ।

आयोगका अनुसार ती कर्मचारीलाई रु पाँच हजार जरिवाना गरी सम्पत्ति विवरणसमेत तत्काल पेस गर्न लगाउने निर्णय गरिएको छ ।
सरकारी तथा सार्वजनिक निकायमा कार्यरत कर्मचारीले प्रत्येक वर्ष आफनो सम्पत्ति विवरण बुझाउनु पर्ने प्रावधान रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर